संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

१२७ सञ्चारमाध्यमका २०५ वटा सामग्रीहरु आचारसंहिता विपरीत प्रकाशन/प्रसारण

काठमाडौँ, जेठ ८ गते । स्थानीय तहको निर्वाचन २०७४ प्रथम चरण निर्वाचनको मौन समयाबधि अघि, मौनसमयावधि र निर्वाचन पश्चातको अवधि समेतको अनुगमनको क्रममा १२७ सञ्चारमाध्यमका २०५ वटा सामग्री निर्वाचन आचारसंहिता विपरीत प्रकाशन÷प्रशारण भएको पाईएको छ ।074-2-8
२०७४ बैशाख १५ गतेबाट निर्वाचन आचारसंहिता केन्द्रीत अनुगमन गरिरहेको काउन्सिलबाट जेठ ८ गते सार्वजनिक प्रतिवेदनअनुसार निर्वाचन आचारसंहिता उल्लंघन गर्नेहरुमा छापामाध्यम अग्रपंक्तिमा देखिएको छ । जसअनुसार ६७ छापामाध्यममा प्रकाशित ११५ सामग्री, ४९ वटा अनलाईनमा प्रकाशित÷प्रसारित ६५ सामग्री, ६ वटा टेलिभिजनबाट प्रसारित १३ सामग्री, ५ वटा रेडियोका १२ सामग्रीले आचारसंहिता उल्लंघन गरेको पाईएको छ । ।
अनुगमनबाट आचारसंहिता उल्लंघन भएको देखिएको सञ्चारमाध्यमहरुलाई आचारसंहिता पालनामा ध्यानाकर्षण गर्नुको साथै निर्वाचन आयोगलाई नियमित प्रतिवेदन पेश गरिएको छ । प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झविन्द्र भुसालले भन्नुभयो–“निर्वाचन आचारसंहिता विपरीत चुनावी प्रचार–प्रसार सभाको लाइभ प्रसारण गरिरहेको नवलपरासीको एक एफएम रेडियोलाई तत्कालै सचेत गराइएको र त्यस्तो प्रसारण रोकिएको छ, कतिपय अनलाइनमा देखिएका त्रुटीलाई तत्काल सच्याउन निर्देशन दिईएको छ, पत्रकार र मिडिया सम्वद्ध फेसबुकमाथिसमेत अनुगमन भै प्रतिवेदन तयार भएको छ, आचारसंहिता उल्लंघन गर्ने सञ्चारमाध्यमलाई थप कार्वाहीको लागि प्रक्रिया अघि बढेको छ ।”

प्रतिक्रिया :