संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

६२ सञ्चारमाध्यमका ११५ वटा सामग्रीमा निर्वाचन आचारसंहिता उल्लङ्घन

स्थानीय तह निर्वाचन, २०७४
६२ सञ्चारमाध्यमका ११५ वटा सामग्रीमा आचारसंहिता उल्लङ्घन

काठमाडौं÷स्थानीय तह निर्वाचन, २०७४ को निर्वाचनको मौनअबधिसम्ममा ६२ सञ्चारमाध्यमका ११५ सामग्रीमा पत्रकार आचारसंहिता तथा निर्वाचन आचारसंहिता उल्लङ्घन भएको पाईएको छ । सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरिएका १० दशवटा उल्लङ्घन गर्नेहरुमा परेकाछन् ।

२०७४ बैशाख १५ देखि २०७४ बैशाख २८ गतेसम्मको अबधिमा छापातर्फ ३४ माध्यममा ६६ सामग्री, बिद्युतीयतर्फ १८ अनलाइनका प्रकाशित÷प्रसारित २५ सामग्री, ५ वटा टेलिभिजनका १२ सामग्री र ५ वटा रेडियोका १२ सामग्रीले आचारसंहिता उल्लङ्घन गरेको अनुगमनबाट देखिएको छ । “पत्रकार आचारसंहिता तथा निर्वाचन आचारसंहिताको उल्लघंन गर्ने छापा ३, रेडियो ५, टेलिभिजन ५ वटाको तुरुन्तै एलर्ट गरिएको छ । ”

आचारसंहिता आकर्षित भएका विषयवस्तुमा एकपक्षीय तथा सत्य, तथ्य र निष्पक्ष नभएको, निर्वाचन आचारसंहिताले तोकेको समयसीमा अनुरुप विज्ञापन प्रकाशन÷प्रसारण नभएको, निर्वाचनसंगसम्वन्धि सभा, सम्मेलनको प्रत्यक्ष प्रसारण गरेर उल्लङ्घन गरेको पाईएको छ ।
निर्वाचन आचारसंहिता अनुगमनको जिम्मेवारी पाएको प्रेस काउन्सिल नेपालले गुणात्मक अनुगमन प्रणालीको दैनिकरुपमा र संख्यात्मक अनुगमनको साप्ताहिकरुपमा निर्वाचन आयोगलाई रिपोर्टिङ् गर्दै आएको छ ।
रिपोर्ट ः महेन्द्रराज सिंह, २०७४ बैशाख २९ गते, काठमाडौं ।

प्रतिक्रिया :