संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

प्रेस काउन्सिलद्वारा धादिंग, नुवाकोट र रसुवा सम्पन्न अन्तरक्रिया कार्यक्रम

१. धादिङ, २०७३ फागुन २४ गते ।

प्रेस काउन्सिल नेपालको आयोजना तथा नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङ्को संयोजनमा फागुन २४ गते सदरमुकाम धादिङ्वेशीमा एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।dhading (4)

पत्रकार आचारसंहिता र सञ्चारमाध्यमको वर्गीकरण विषयक अन्तरक्रियामा प्रेस काउन्सिल नेपालका सदस्य शुभेच्छाविन्दु तुलाधरले पत्रकार आचारसंहिता, २०७३ को प्रावधान र आचारसंहिता उल्लंघनको वर्तमान अवस्थाका बारेमा प्रष्ट पार्नुभएको थियो भने काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसालले कार्यपत्र प्रस्तुत गर्नुहुँदै बिद्युतीय सञ्चारमाध्यम अनलाइन, रेडियो, टेलिभिजनबाट प्रसारित÷प्रकाशित विषयबस्तुको चौबिसै घण्टा काउन्सिलमा अभिलेख हुने र सोको नियमित अनुगमन गरी सम्वन्धित मिडियालाई ध्यानाकर्षण गराउने काम भैरहेको र छापाजस्तै विद्युतीय माध्यमको बर्गीकरण गर्ने सम्वन्धमा प्रक्रिया अघि बढाइएको बताउनुभएको थियो ।

कार्यक्रममा पत्रकार महासंघ धादिङ् शाखाका अध्यक्ष नवराज छत्कुलीले स्थानीय धादिङ् जिल्लाका स्थानीय पत्रकारहरुको अवस्था, मिडियाको अवस्था, समस्या र चुनौति, पत्रकार आचारसंहिताको बस्तुस्थितिबारे प्रतिवेदन पेश गर्नुभएको थियो । त्यसैगरी काउन्सिल टोली धादिङ्स्थीत पाविल न्यूज साप्ताहिक, बिहानी एफएम, रेडियो धादिङ्, रेडियो राजमार्ग, कृषि एफएममा अवलोकन, अनुगमन गरेको थियो ।

स्थानीयसञ्चारमाध्यममा देखिएका समस्या र चुनौतीहरु ः

दक्ष जनशक्तिको कमी, भएका क्षमतावाण् अनुभवी पत्रकारहरु पलायन हुने गरेको ।

मिडिया हाउस जनशक्ति उत्पादन गर्ने प्रयोगशालामा सीमित भएको ।

चट्टयाङ्ले एफएम रेडियोको टावरमा क्षति पुग्ने गरेको ।

सामुदायिक रेडियो धादिङको कार्यालय भत्काउने क्रममा लाखौंको कम्प्यूटर लगायतका उपकरणमा क्षति पुगेको ।

हाइवेमा अवस्थित रेडियो राजमार्ग बिद्युत आपूर्ति नहुँदा बन्द रहेको ।

२. नुवाकोट,  २०७३ फागुन २५ गते ।

प्रेस काउन्सिल नेपालको आयोजना तथा नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटको संयोजनमा फागुन २५ गते सदरमुकाम विदुरमा एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।nuwakot (2)

पत्रकार आचारसंहिता र सञ्चारमाध्यमको वर्गीकरण विषयक अन्तरक्रियामा प्रेस काउन्सिल नेपालका सदस्य शुभेच्छाविन्दु तुलाधरले पत्रकार आचारसंहिता, २०७३ को प्रावधान र आचारसंहिता उल्लंघनको वर्तमान अवस्था, हिंशा, द्वन्द्व बढाउनेभन्दा परिस्थितिलाई सामान्यीकरण गर्न जोड दिँदै महिलाहिंशा बढेकोले महिला उत्तरदायी सञ्चार निर्देशिका जारी गर्न लागेको बताउनुभयो ।

काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसालले कार्यपत्र प्रस्तुत गर्नुहुँदै बिद्युतीय सञ्चारमाध्यम अनलाइन, रेडियो, टेलिभिजनबाट प्रसारित÷प्रकाशित विषयबस्तुको चौबिसै घण्टा काउन्सिलमा अभिलेख हुने र सोको नियमित अनुगमन गरी सम्वन्धित मिडियालाई ध्यानाकर्षण गराउने काम भैरहेको र छापाजस्तै विद्युतीय माध्यमको बर्गीकरण गर्ने सम्वन्धमा प्रक्रिया अघि बढाइएको बताउनुभएको थियो । साथै काउन्सिलबाट प्रदान गरिने सेवा, सुविधाका सम्वन्धमा प्रकाश पार्नुहुँदै दीगो विकासमा टेवा पुग्ने सुधारोन्मुख पत्रकारिताको विकासका लागि काउन्सिल लागेको र मौलिक सामग्रीको कमी तथा हुवहुको समस्या बढेको बताउनुभयो ।

नेवाकोटको पत्रकारिताको समग्र अवस्थाबारे नेपाल पत्रकार महासंघ नुवाकोट शाखाका उपाध्यक्ष श्रीराम नेपालले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । जिल्लामा आचारसंहिताको अवस्था सन्तोषजनक रहेको उहाँको प्रस्तुति थियो ।

कार्यक्रममा पत्रकार महासंघ नुवाकोट शाखाका अध्यक्ष प्रकाश अधिकारीले काउन्सिलको यसकिसिमको कार्यक्रमप्रति आभार प्रकट गर्नुभयो । कार्यक्रममा नेपाल प्रेस युनियनका किरण अधिकारी, प्रेस चौतारी नेपालका देवचन्द्र भट्टले प्रेस परीक्षा, पत्रकारको वर्गीकरण, तालिमको निरन्तरता, वर्गीकरणको बैज्ञानिक मापदण्ड हुनुपर्ने धारणा राख्नुभयो । कार्यक्रमको सञ्चालन शाखाका सचिव नवदिप श्रेष्ठले गर्नुभएको थियो । त्यसैगरी पत्रकार सम्मिलित काउन्सिलको टिमले दिव्यदर्शन, त्रिशुली एफएम, फ्राइन्डस एफएम, नुवाकोट एफएम, मिक्स एफएम, सञ्जिवनी एफ लगायतमा अवलोकन, अनुगमन गरेको थियो ।

स्थानीयस्तरमा मिडियाका चुनौती र समस्याहरु

भरपर्दो आधुनिक अफसेट प्रेस नहुँदा कारण छपाईका लागि राजधानी आउनुपर्ने ।

एफएफ रेडियोहरु सवै एकसय वाट क्षमताका रहेका ।

बिज्ञापनको समस्या, सानो बजार रहेको ।

जनशक्तिको अभाव, एकै व्यक्तिले सम्पादक, प्रकाशक र हकरको काम गर्नुपर्ने बाध्यता ।

भुकम्पले मिडिया हाउसमा क्षति पुगेको ।

३. रसुवा,  २०७३ फागुन २६ गते ।

प्रेस काउन्सिल नेपालको आयोजना तथा नेपाल पत्रकार महासंघ जिल्ला शाखा रसुवाको संयोजनमा फागुन २६ गते सदरमुकाम धुन्चेमा “पत्रकार आचारसंहिता र सञ्चारमाध्यमको वर्गीकरण” बिषयक एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

अन्तरक्रियामा प्रेस काउन्सिल नेपालका सदस्य शुभेच्छाविन्दु तुलाधरले पत्रकार आचारसंहिता, २०७३ मा ब्यवस्था गरिएका गर्न हुने र गर्न नहुने बुँदाहरुको संक्षिप्त बिश्लेषण गर्नुहुँदै आचारसंहिता उल्लंघनको अवस्था, हिंशालाई बढावा दिने शब्दावलीको प्रयोग बढेकोले महिला उत्तरदायी सञ्चार निर्देशिका जारी गर्न लागेको बताउनुभयो । सो कार्यक्रममा सदस्य तुलाधरले नेतापछि गाली खानेमा पत्रकार पर्नु अशोभनीय भएको, नेताका वरिपरी कलम घुमिरहेको बताउनुभयो ।rasuwa (6)

रसुवाका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले के कति कारणले रसुवामा पत्रपत्रिका प्रकाशन हुन सकेनन्, सहयोगको लागि आफू तयार रहेको भन्दै महासंघ नवनिर्वाचित टिमलाई बधाई दिनुको साथै खोज पत्रकारितामा जोड दिनुभयो भने स्थानीय विकास अधिकारी राजेन्द्रदेव पाण्डेले पत्रकारलाई नकारात्मक उपमा दिने गरिएको, कँही नविगेका, दलका कार्यकर्ता आरोप लाग्ने गरेको बताउनुभयो । सहयोग र समन्वय गर्न तयार रहेको वताउनुभयो ।

काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसालले बिद्युतीय सञ्चारमाध्यम अनलाइन, रेडियो, टेलिभिजनबाट प्रसारित÷प्रकाशित विषयबस्तुको चौबिसै घण्टा काउन्सिलमा अभिलेख हुने हुँदा सम्प्रेषण गर्नुपूर्व ध्यान पु¥याउन जोड दिनुभयो । छापाजस्तै विद्युतीय माध्यमको बर्गीकरण गर्ने प्रक्रिया अघि बढाइएको बताउनुभएको थियो । साथै काउन्सिलबाट प्रदान गरिने सेवा, सुविधाकोबारेमा प्रष्ट पार्नुभयो ।

कार्यक्रममा पत्रकार महासंघ रसुवा शाखाका अध्यक्ष हेमनाथ खतिवडाल जिल्लाको पत्रकारिताका संक्षिप्त विवरण प्रस्तुत गर्दै स्थानीयस्तरमा दर्ताभएका ७ मध्ये कुनैपनि पत्रपत्रिका सञ्चालनमा नरहेको, एफएम रेडियो ३, अनलाइन २ वटा सञ्चालनमा रहेको वताउनुभयो ।

कार्यक्रममा राससका ज्ञानेन्द्र न्यौपाने, जिल्ला हुलाकका प्रमुख राजेश श्रेष्ठ लगायतले विद्यमान समस्या, चुनौतीका सम्वन्धमा धारणा राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन शाखाका सचिव सीमा तामाङ्ले गर्नुभएको थियो । पत्रकार आचारसंहिता योग्यता परीक्षण, पत्रकारको श्रेणीकरण, तालिमको निरन्तरता, वर्गीकरणको बैज्ञानिक मापदण्ड कार्यान्वयनमा जोड दिइएको छ ।

कार्यक्रमपछि रसुवा पत्रकार महासंघका पदाधिकारी सम्मिलित टोलीले रसुवास्थीत रेडियो रसुवाको अनुगमनपछि चिलिमे जलविद्युत, रसुवागढी नाकाको अवलोकन भ्रमण गरिएको थियो ।

स्थानीयस्तरमा मिडियाका चुनौती र समस्याहरु ः

स्थानीयस्तरमा कुनैपनि पत्रपत्रिका प्रकाशित नभएको ।

अफसेट प्रेस नभएको । भौगोलिकरुपमा बिकटता ।

स्थानीय निकायले जनहितका लागि बिज्ञापन दिन कन्जुस्याँई गर्ने गरेको ।

बिज्ञापनको समस्या, सानो बजार रहेको । होटल व्यवसाय मात्रै रहेको ।

जनशक्तिको अभाव, भुकम्पले भवनमा क्षति हुँदा छाप्रोमा एफएम चलाउनुपर्ने अवस्था ।

तस्विर रिपोर्ट ः महेन्द्रराज सिंह ।

 

प्रतिक्रिया :