संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

‘ दक्षिण एशियाली एलाएन्स फर प्रेस काउन्सिल ‘ को गठन हुने

 

शिष्टाचार भेटघाट कार्यक्रम सम्पन्न :b

 काठमाडौं÷प्रेस काउन्सिल नेपालको पहलमा गठन हुन लागेको  दक्षिण एशियाली एलाएन्स फर प्रेस काउन्सिललाई मूर्तरुप दिने अन्तिम तयारी बैठकको लागि नेपाल भ्रमणमा रहेको वंगलादेश, भारत र साईप्रस प्रेस काउन्सिलका पदाधिकारीहरुको टोलीले मिति
२०७३ पुस २८ गते सम्माननीय राष्ट्रपति
, प्रधानमन्त्री, संचारमन्त्री तथा सार्क सचिवालयमा पुगी शिष्टाचार भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ ।

शिष्टाचार भेटघाटको क्रममा राष्ट्रपति बिद्यादेवी भण्डारीले नेपाली मिडियाले लोकतन्त्रको भरपुर उपयोग गरेको वताउनुहुँदै दdक्षिण एशियाली देशहरुमा सामाजिकसाँस्कृतिक लगायतका सवै पक्षहरु समानता रहेकोले एलाइन्स गठनले नयाँ उँचाई लिने धारणा राख्नुभयो । भेटमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा राजनीतिक परिवर्तनबाट मिडियाले प्रेस स्वतन्त्रताको प्रत्याभूति गरेको धारणा राख्नुभयो ।

सो अवसरमा प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णवहादुर कार्कीले सार्कस्तरीय प्रेस काउन्सिल गठन गर्नुको उद्येश्य प्रष्टयाउँदै सार्कराष्ट्रका सरकार र मिडियावीचको सम्वन्धलाई जनस्तरमा पु¥याउने धारणा व्यक्त गर्नुभएको थियो ।c

साईप्रस काउन्सिलका अलि हेन्सरली, प्रेस काउन्सिल अफ बंगलादेशका अध्यक्ष तथा सर्वोच्च अदालतका न्यायाधीश मो. ममताजुद्धिन अहमद, भारतीय प्रेस काउन्सिलका अध्यक्ष तथा सर्वोच्च अदालतका न्यायाधीश चन्द्रमौलीकुमार प्रसादले सार्क प्रेस काउन्सिलको आवश्यकतामाथि प्रकाश पार्नुभएको थियो ।

दक्षिण एशियाली सहयोग संगठन (SAARC) गठन भएको तीन दशक बितिसक्दा पनि यस क्षेत्रका मिडिया सम्वन्धित नीतिनिर्माता संस्थाहरुबीच सहकाeर्य हुन सकेको अवस्थामा अन्तर्राष्ट्रिय जगतमा समेत दक्षिण एशियाली साझा आवाज उठाउन बल पुग्ने अभिप्रायसहित काउन्सिलको पहलमा सार्क एलाईन्स गठन हुन लागेको हो ।

 

 

 

 

काउन्सिलमा पाहुनाको स्वागत :f

२०७३ पुस २८ गते सञ्चारग्राममा आयोजित पत्रकारसंगको अन्तरक्रियामा भ्रमणदलको टोलीलाई अध्यक्ष बोर्णवहादुर कार्कीले मायाको चिनो नेपाली हस्तकलाका सामग्री गैंडा, बुद्ध मूर्ति, गलैंचाकार्पेट प्रदान गर्नुकोसाथै भादगाउँले टोपी र खादा ओढाई स्वागत गर्नुभएको थियो पाहुनाटोलीका नेताले पनि आफ्नो देशको अनुभवहरू सुनाएका थिए

नेपाली सेनाद्वारा विशेष सहयोग :

विश्व प्रेस काउन्सिलका प्रथम उपाध्यक्ष किशोर श्रेष्ठ, प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णवहादुर कार्की, विश्व प्रेस काउन्सिलका अली हेन्सरली, बंगलादेश प्रेस काउन्सिलका अध्यक्ष ममताजुद्धिन अहमद, भारतीय प्रेस काउन्सिलका अध्यक्ष सिकेप्रसाद र प्रेस काउन्सिल नेपालका सदस्यहरु सम्मिलित भ्रमणदलका सहभागीलाई २०७३ पुस २९ गते चितवनमा भव्य स्वागत गरियो । नेपाली सेनाको हेलिकप्टरबाट चितवन पुगेको टोलीलाई श्रीजंग गणका प्रमुख सेनानी माधव थापा, संरक्षण अधिकृत नुरेन्द्र अर्याल र रुद्र गुरुङ्ले राष्ट्रिय निकुञ्जको संरक्षण, विपद् व्यवस्थापन तथा बन्यजन्तुको संरक्षणमा नेपाली सेनाको योगदानबारे प्रस्तुति गर्नुभएको थियो । चितवनको कसरामा आयोजित उक्त अन्तरक्रिया तथा छलफल कार्यक्रम लगत्तै टोली जंगल सफारी गरेको थियो ।

टोलीको पोखरा भ्रमण : चितवनको कार्यक्रम सकेर सोहीदिन नेपाली सेनाको हेलिकप्टरबाट पोखरा पुगेको पाहुनासहितको भ्रमणटोलीलाई पोखरास्थित नेपाल पत्रकार महासंघ कास्की शाखा र  होटेल अर्गनाईजेशन नेपालले स्वागत कार्यक्रमका साथै स्थानीय पत्रकारसंग अन्तरक्रिया, रात्रीभोजको आयोजना गरी भव्य स्वागत गरेका थिए । पोखरा फेवाताल बोटिंग तथा अवलोकन गरेको थियो  ।

सहयोगी सबैमा आभार : भ्रमणटोलीको स्वागत, उपहार प्रदान, आवास, खाना, सवारीसाधन, हिमालको दृश्यावलोकन, चन्द्रागिरी केवलकार अवलोकन र सुरक्षाको निम्ति नेपाली सेना, नेपाल प्रहरी, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, सूचना तथा संचार मन्त्रालय, नेपाल पर्यटन बोर्ड, नेपाल पत्रकार महासंघ, बुद्ध एयर प्रा.लि., चन्द्रागिरी केवलकार प्रा.लि., होटल अर्गनाइजेसन नेपाल कास्कीको विशेष सहयोग रहेको थियो  सार्क एलाईन्स गठन गर्ने कार्यको लागि सहयोग प्रदान गर्नुहुने सबै संघसस्था, महानुभावहरूप्रति प्रेस काउन्सिल नेपालले आभार प्रकट गरेको छ पाच दिने भ्रमण सकेर पाहुनाटोली जनवरी १५ मा फर्केकाछन्

 तस्विर÷रिपोर्ट : महेन्द्रराज सिंह २०७३ पुस २८ गते ।

 

 

प्रतिक्रिया :