संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

राष्ट्रपतिबाट आज प्रेस काउन्सिल–सानिमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार हस्तान्तरण

२०७३ पुस ५ गते ।

काठमाडौं÷आज एक समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीले पाँच लाख राशीको प्रेस काउन्सिल–सानिमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार हस्ताक्षरण गर्नुभएको छ । मरणोपरान्त पुरस्कृत पत्रकारद्वय स्व. सञ्जय न्यौपाने र स्व. कर्ण बोहराका धर्मपत्नी क्रमशः राधिका अर्याल न्यौपाने र ममता बोहरालाई उक्त पुरस्कार संयुक्तरुपमा हस्तान्तरण गरिएको हो ।pc-sanimabank-puraskar

प्रेस काउन्सिल–सानिमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार छनौट समितिको मंसिर १४ गतेको निर्णयबमोजिम पत्रकारितामा महत्वपूर्ण योगदान दिनुभएका पत्रकार न्यौपानेको गत कार्तिक २० गते र बोहराको मंसिर १० गते निधन भएको थियो ।
राष्ट्रपति भण्डारीले आफ्नो ब्यावसायिक निष्ठा, प्रतिवद्धता, कर्तव्यप्रतिको सजगताको सम्मान गर्दै दिवंगत पत्रकारहरुलाई पुरस्कृत गरेकोमा प्रेस काउन्सिल तथा सानिमा बैंकप्रति धन्यवाद प्रकट गर्दै शोकसन्तब्ध परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्नुभयो । राष्ट्रपति भण्डारीले नेपाली मिडियाले विकृति, विसंगति र सामाजिक जागरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको धारणा राख्नुभयो ।

सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले प्रजातन्त्रको पुनःस्थापनाका लागि पत्रकारहरुको योगदान महत्वपूर्ण रहेको र त्यसमा पनि कठोर जीवन विताउँदै पत्रकारितामा जीवन्त लागेका न्यौपाने र बोहरालाई युवावस्थामै गुpc-sanima-bank-puraskar2माउनुपर्दा दुःख प्रकट गर्दै दिवंगत पत्रकारको योगदानको उच्च मूल्याँकन गरेकोमा काउन्सिलप्रति आभार प्रकट गर्नुभयो ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णवहादुर कार्कीले यसैबर्ष दुई होनाहार पत्रकार गुमाउनुपर्दा पत्रकारिता क्षेत्रमा हुन गएको अपुरणीय क्षतिप्रति प्रेस काउन्सिल नेपाल मर्माहत भएको बताउदै उहाँहरुको उच्च सम्मानस्वरुप मरणोपरान्त पुरस्कार प्रदान गरिएको बताउनुभयो । शोकाकूल परिवारजनमा समवेदना व्यक्त गर्दै असल पत्रकारितालाई प्रोत्साहन गर्न पत्रकारहरुलाई निरन्तर पुरस्कृत गर्दै आएको धारणा राख्नुहुँदै अध्यक्ष कार्कीले आर्थिक सहयोग र पहलका लागि सानिमा बैंकलाई धन्यबाद दिनुभयो । राम्रा काम गर्नेहरु मरणपछि पनि अमर र स्मरणीय रहने उहाँको धारणा थियो ।

नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले मिलनसार, कर्तव्यनिष्ट पत्रकार गुमाउनुपर्दा प्रेस जगत्ले अपूरणीय क्षति बेहोरेको बताउनुभयो । यसप्रकारको पुरस्कारले नेपाली मिडियालाई प्रोत्साहन हुने धारणा व्यक्त गर्नुभयो ।

रिपोर्ट ः महेन्द्रराज सिंह । 10

पुरस्कृत व्यक्तित्वहरुको संक्षिप्त विवरण 

 (क)  स्व. सञ्जय न्यौपाने

सन् २०११ (बि.स.२०५१) सालमा त्रि.बि बाट बी.कम उत्तीर्ण गरेपछि पत्रकारितामा आकर्षित हुनुभएका सञ्जय न्यौपाने कान्तिपुर राष्ट्रिय दैनिकमा लामो समयसम्म रिपोर्टिङ्ग, उपसम्पादक हुँदै प्रमुख संवाददाता र आर्थिक ब्युरो प्रमुखको रुपमा कार्यरत रहनुभयो । त्यसपछि उँहाको आर्थिक क्षेत्रको पहिलो ब्रोडसिट कारोबार दैनिकमा सम्पादकको रुपमा रहनुभयो । राष्ट्रिय–अन्तराष्ट्रिय क्षेत्रबाट थुप्रै फेलोसीप र पुरस्कार प्राप्त गर्नुभएका पत्रकार न्यौपाने आर्थिक पत्रकार समाज (सेजन) को उपाध्यक्ष रहनुभएको थियो भने नेपाल पत्रकार महासघंको केन्द्रिय पार्षद रहनुभएको थियो । पत्रकारितामा क्रियाशील रहिरहेकै बेला मस्तिस्क सम्बन्धी गम्भीर रोगबाट ग्रस्त भई उपचारकै क्रममा उँहाको २०७३ कार्तिक २० गते निधन भएको थियो ।

ब्यवसायिक पत्रकारिता क्षेत्रमा लगनशील र सिद्घान्तनिष्ठ पत्रकारका रुपमा स्थापित सञ्जय न्यौपानेले नेपाली पत्रकारिता खासगरी आर्थिक पत्रकारिताको बिकास र सम्वद्र्धनमा पु¥याउनुभएको महत्वपूर्ण योगदानको कदर गर्दै नेपाल आर्थिक पत्रकार समाज (सेजन)को सिफारिश समेतलाई आधार मानी पत्रकार सञ्जय न्यौपानेलाई (मरणोपरान्त) प्रेस काउन्सिल–सानिमा बंैक राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय गरिएको छ ।

ख) कर्ण बोहरा

२०५२ सालमा कञ्चनपुरको महेन्द्रनगरबाट प्रकाशित अभियान दैनिकको डडेलधुरा सवांददाताको रुपमा पत्रकारिता शुरु गर्नुभएका कर्ण बोहरा स्थानीय कालापानी साप्ताहिक महानगर पोष्ट र राष्ट्रियतहका स्पेसटाइम दैनिक, च्यानल नेपाल टेलिभिजन, रहस्य साप्ताहिक लगायतका सञ्चार माध्यममा आवद्घ हुनुभयो । पछिल्लो समयमा उँहा महेन्द्रनगरबाट प्रकाशित पश्चिम नेपालको सम्पादक÷प्रकाशक, महेन्द्रनगरबाटै प्रसारित पश्चिम नेपाल रेडियोको प्रबन्ध निर्देशक तथा काठमाडौंबाट प्रशारित न्यूज–२४ टि.भीको सुदुर–पश्चिम ब्यूरो प्रमुखका रुपमा कार्यरत हुनुहुन्थ्यो । २०५५ देखि २०७० सम्म नेपाल पत्रकार महासघं कञ्चनपुरको अध्यक्ष समेत रहनुभएका बोहरा बिभिन्न सामाजिक संस्थाहरुमा पनि सक्रिय हुनुहुन्थ्यो । पछिल्लो समयमा मुटु रोगका साथै मधुमेह र उच्च रक्तचापबाट पीडित पत्रकार बोहराको दुबै मृगौला खराब भई उपचार गराइ रहेको श्रीमतीको कुरुवा बसेको अवस्थामा २०७३ मसिंर १० गते काठमाडौंमा निधन भएको थियो । नेपाली पत्रकारिता क्षेत्रमा स्थानीय बिषयबस्तु र राष्ट्रिय मुद्दालाई प्रखर रुपमा उठाउने गरेका पत्रकार कर्ण बोहराले ब्यवसायिक पत्रकारिताको बिकास र पत्रकारिता मार्पmत सामाजिक रुपान्तरणमा खेलेको सशक्त भूमिकाको कदर गर्दै प्रेस काउन्सिल–सानिमा बंैक राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो ।

प्रतिक्रिया :