संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

प्रेस काउन्सिल नेपालको टोलीको बंगलादेश भ्रमण सम्पन्न

पत्रकारिताको विकासका लागि समझदारीपत्र MOU मा हस्ताक्षर

काठमाडौँ । बंगलादेश प्रेस काउन्सिलको निमन्त्रणामा प्रेस काउन्सिल नेपालको पाँच सदस्यीय टोलीले बंगलादेशको भ्रमण गरेको छ । मंसिर २१ ढाका पुगेको टोलीलाई हजरत साहाजल अन्तर्राष्ट्रिय बिमानस्थलको अति विशिष्ट कक्षमा बंगलादेश प्रेस काउन्सिलका अध्यक्ष तथा न्यायाधीस मो.ममताजुद्धिन अहमद र सचिव स्यामुलचन्द्र क्रमाकरले भव्य स्वागत गर्नुभयो ।
पाँचदिने भ्रमणमा रहेको काउन्सिलको टोलीलाई मंसिर २२ गते (डिसेम्वर ७) बंगलादेश प्रेस काउन्सिल2aमा आयोजित स्वागत तथा अन्तरक्रिया कार्यक्रममा काउन्सिललगायत पव्लिसर तथा इडिटर्स काउन्सिल, साप्ताहिक पत्रिका संगठन, वंगलादेश रिपोटर्स क्लव, ओल्ड जर्नालिस्ट फाउन्डेसन, रुलर जर्नालिस्ट फाउन्डेशन, क्राइम रिपोर्टर सोसाइटी, बंगलादेश टेलिभिजनसहित विभिन्न सञ्चारमाध्यम सम्वद्ध संघसंस्थाका प्रतिनिधिहरुले भव्य स्वागत गरेका थिए ।
सो अवसरमा भ्रमणटोलीका नेता प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्कीले प्रेस काउन्सिल नेपालको बारेमा प्रकाश पार्दै दुई देशका काउन्सिल र सञ्चारमाध्यमहरुबीच आपसी सम्वन्ध प्रगाढ पार्नु र दुईदेशका सरकारका साथै जनस्तरमा सम्बन्ध विस्तार गर्नु भ्रमणको उद्देश्य रहेको बताउनुभयो । पत्रकारिताको विकास साथै दक्षिण एशियाली प्रेस काउन्सिल एलाइन्स गठनबारे छलफल गरिएको र त्यसलाई मूर्तरुप दिनसमेत यो भ्रमण सफल हुने धारणा राख्दै बंगलादेश प्रेस काउन्सिलका अध्यक्ष तथा न्यायाधीस अहमदले यो क्षेत्रको विकासको लागि सँगै काम गर्ने, सँगै अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
सोही दिन बंगलादेश प्रेस काउन्सिलका सदस्यहरुसँगको छुट्टै छलफलमा दुईदेशका काउन्सिलको संरचना, काम, कर्तव्य, पत्रकारिताका समस्या र चुनौती सम्बन्धमा छलफल हुनुको साथै प्रेस काउन्सिल नेपाल र बंगलादेश प्रेस काउन्सिलबीच पत्रकारिता क्षेत्रको विकासका लागि ३ वर्षका लागि समझदारीपत्र (MOU) मा दुई देशका काउन्सिलका अध्यक्षहरूबाट हस्ताक्षर भयो ।

2भ्रमणका अवसरमा बंगलादेशका उपसभामुख फजल रबी मियाँ, सञ्चारमन्त्री हसनुल हक, आवास तथा सार्वजनिक निर्माणमन्त्री मुसरफ हुसैन, विदेश राज्यमन्त्री मो.शहरियर आलम, बंगलादेश ल कमिसनका अध्यक्ष खैरुल हक, प्रधानमन्त्रीका प्रेस सल्लाहकार इकबल सोवन चौधरी, सञ्चारमन्त्रालयका सचिव शाहाज्यादी अन्जुमन आरासंग भेटघाट र छलफल हुनुको साथै पार्लियामेन्टको अवलोकन गरियो । सो भेटघाटका क्रममा दुईपक्षीय तथा क्षेत्रीय सम्बन्ध, पर्यटन, विद्युत र कृषि उत्पादन, जनस्तरको सम्बन्ध लगायतमा मिडियाको भूमिकाको विषयमा छलफल भएको थियो ।
भ्रमणका क्रममा नेशनल प्रेस क्लब, साप्ताहिक पत्रिका संगठनमा आवद्ध पत्रकारहरूसँग पनि अनुभव आदान–प्रदान गरियो । टोलीका लागि ढाकास्थित नेपाली दूतावासबाट स्वागत समारोहसहित अन्तत्र्रिmया कार्यक्रमको आयोजना गरिएको थियो ।
टोलीबाट बंगबन्धु मेमोरियल म्युजियम र चटगाउँ बन्दरगाहको अवलोकन भ्रमण गरिएको थियो । भ्रमणटोलीमा काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्की, नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्ट, काउन्सिल सदस्य एवम् विश्व प्रेस काउन्सिलका प्रथम उपाध्यक्ष किशोर श्रेष्ठ, सदस्य गोविन्दप्रसाद चौलागार्इँ र मुख्य अधिकृत झविन्द्र भुसालको सहभागिता रहेको थियो ।

प्रतिक्रिया :