संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

प्रेस काउन्सिलको टोलीबाट भारतीय प्रेस काउन्सिलको भ्रमण

indiavisit1नोभेम्वर १६, २०१६ का दिन भारतको राष्ट्रिय प्रेस दिवशको अवसर पारेर भारतको प्रेस काउन्सिलले स्थापनाको स्वर्ण जयन्ती(पचास वर्ष) मनाएको छ । सार्क क्षेत्रका राष्ट्रहरु नेपाल, बंगलादेश, श्रीलंका, मालदिभ्सका प्रेस काउन्सिलका अध्यक्ष र प्रतिनिधिहरु समेत आमन्त्रण गरी गरिएको कार्यक्रमको प्रमुख अतिथि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी रहेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै मोदीले मिडिया समाज परिवर्तन गर्ने शक्ति रहेको उल्लेख गर्दै सत्य तथ्य समाचार सम्प्रेषणमा जोड दिन आग्रह गरेका थिए । नेपालमा भुकम्प गएको समयमा भारतीय मिडियाले समाचार सम्प्रेषण गरेको कारण सहायता उपलब्ध गराउन थप सहयोग मिलेको समेत बताएका थिए ।

सो अवसरमा पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान गर्ने विभिन्न १५ जना पत्रकारहरुलाई सम्मान र पुरस्कार प्रदान गरिएको थियो ।

भारतको प्रेस काउन्सिलका अध्यक्ष न्यायधीश चन्द्रमौली कुमार प्रसादको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विशेष अतिथिको रुपमा सूचना र प्रसारण मन्त्री भेनकैया नयडु र राज्यमन्त्री कर्नल राज्यबर्दन सिंह राठौर रहेका थिए ।
भारतको प्रेस काउन्सिलको स्वर्ण जयन्तीको अवसर पारेर सार्क क्षेत्रकका प्रेस काउन्सिलको एलाइन्स ( क्ब्ब्एऋ) गठन गर्ने प्रस्ताव र सो को मस्यौदामा समेत छलफल भै छिट्टै निश्कर्षमा पुग्ने निर्णय भएको छ ।

उक्त कार्यक्रममा प्रेस काउन्सिल नेपालको तर्फबाट अध्यक्ष बोर्णबहादुर कार्की, काउन्सिलका सदस्य तथा विश्व प्रेस काउन्सिलका प्रथम उपाध्यक्ष किशोर श्रेष्ठ र मुख्य अधिकृत झविन्द्र भुसालको सहभागिता रहेको थियो । भ्रमणको अवसरका सहभागि देशहरुको पत्रकार आचारसंहिता, मिडिया अनुगमन, द्धन्द समाधानको लागि पत्रकारको भूमिका, काउन्सिलको संरचना र प्रभावकारिता indiavisit2विषयमा समेत छलफल भएको थियो ।

सो अवसरमा दुई बर्ष अघि प्रेस काउन्सिल नेपाल र भारतीय प्रेस काउन्सिल बीच दुई बर्षको लागि भएको सहमति पत्र थप दुई बर्षको लागि नविकरण गरिएको छ ।

काउन्सिलको टोलीले भारत भ्रमणको क्रममा भारतका लागि नेपालका राजदुत दिपकुमार उपाध्याय र कोलकत्ताका महावाणिज्यदुत एकनारायण अर्यालसँग समेत भेटी नेपाल र भारतका पत्रकारहरुको भ्रमण, दुइपक्षीय छलफल गर्ने गराउने विषयमा समेत छलफल भएको थियो ।

प्रतिक्रिया :