संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

पत्रकारिता पुरस्कार सम्वन्धमा द्विपक्षीय सम्झौता

काठमाडौं÷प्रेस काउन्सिलका प्रथम अध्यक्ष सुरेन्द्र वहादुर वस्नेत र प्रेस काउन्सिलवीच पत्रकारिता पुरस्कार सम्वन्धमा द्विपक्षीय सम्झौता भएको छ । छब्बिस लाखको अक्षय कोष निर्माण गरी सोको व्याजवाट प्रत्येक वर्ष एकजना पत्रकारलाई एक लाख पाँच हजार राशीको प्रेस काउन्सिल सुरेन्द्र वहादुर वस्नेत पत्रकारिता पुरस्कार प्रदान गर्ने सम्वन्धमा दुई पक्षवीच हस्ताक्षर भएको थियो ।2

1सर्वोच्चको न्यायाधीस, पहिलो प्रमुख निर्वाचन आयुक्त, प्रेस काउन्सिलको पहिलो अध्यक्ष देखि कानून , न्याय, शिक्षा, अर्थ, उद्योग, वाणिज्यमन्त्री समेत भै सक्नुभएका बस्नेतले संस्कारले पत्रकारिता गरिरहेका व्यक्तिले यो पुरस्कार पाउनुपर्ने धारणा राख्नुभयो । सो अवसरमा प्रेस काउन्सिल नेपालका अध्यक्ष श्री बोर्णवहादुर कार्कीले स्वस्थ र मर्यादित पत्रकारिताको बिकासको लागि काउन्सिललाई सशक्त वनाउनेतर्फ लागेको धारणा राख्नुभएको थियो ।  रिपोर्ट : महेन्द्रराज सिंह, २०७३ साउन २१ गते ।

 

प्रतिक्रिया :