संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

सूचनाको हकलाई व्यापक प्रयोग गर्न आग्रह

राजधानीमा आज आयोजित सूचनाको हकको कार्यान्वयनमा मिडियाको भुमिकाविषयक अन्तरक्रियाका बक्ताहरुले संविधान प्रदत्त सुचनाको हकको प्रयोगलाई ब्यापक  बनाउनुपर्नेमा जोड दिएकाछन् । 2

प्रेस काउन्सिल नेपाल र राष्ट्रिय सूचना आयोगले दोस्रो पटक आयोजना गरेको उक्त कार्यक्रममा बोल्दै काउन्सिलका अध्यक्ष बोर्णवहादुर कार्कीले सामयिक, महत्वको दृष्टिले यस विषयको कार्यक्रमलाई निरन्तरता दिईएको बताउनुहुँदै हरेक नागरिकलाई सार्वजनिक सरोकारको विषयमा सूचना प्राप्त गर्ने संवैधानिक प्रदत्त अधिकारको प्रयोग गर्न आग्रह गर्नुभयो ।

प्रमुख सूचना आयूक्त कृष्णहरि बास्कोटाले कक्षा ९ को पाठ्यक्रममा सूचनाको हक समावेश गरिएको, ३१ वटा मन्त्रालयमा सूचनाको हकको अवस्थाको सर्भे गरिएको बताउनुहुदै सूचनाको वर्गीकरण हुन नसक्दा सूचनाको हकको उपभोगमा कमी आएको उहाँको धारणा थियो । आयुक्तद्वय किरण पोखरेल र यशोदा तिम्सिनाले सूचनाको हकको प्रयोगवाट न्याय, खवरदारी, निगरानी हुने तथा भ्रष्टाचार न्यूनिकरणमा जोड पुग्ने हुदा सूचनाको हकको व्यापक प्रयोग गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा आमसञ्चार केन्द्रीय विभागका प्रमुख डा.कुन्दन अर्यालले सूचनाको हक प्रयोग गर्ने विधि प्रक्रियालाई सरलीकरण गर्दै लैजानुपर्ने धारणा राख्नुभयो । त्यस्तै आरआर क्याम्पसका उपप्राध्यापक लक्ष्मीधर गुरागाईले हरेक कार्यालयका सूचना अधिकारीसम्म पत्रकारको पहुँच पुग्न नसकेको वताउनुभयो ।

1मानवअधिकार सञ्चार प्रतिष्ठानको संयोजनमा आयोजित कार्यक्रममा अमृता लम्साल र कपिल काफ्लेले सूचनाको हकसम्वन्धि कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । सो कार्यपत्रमाथि छलफल गर्ने क्रममा मधेश मिडिया हाउसका अध्यक्ष डा.राजेश अहिराज, मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मणदत्त पन्त, तरुण साप्ताहिकका सम्पादक परसु घिमिरे, छापामाध्यम राष्ट्रिय सञ्जालका अध्यक्ष देवप्रकाश त्रिपाठी, करेन्ट साप्ताहिकका सम्पादक देवेन्द्र गौत्तम र दृष्टि साप्ताहिकका सम्पादक सम्भु श्रेष्ठ लगायतले धारणा राख्नुभएको थियो । ५२ जनाको सहभागिता रहेको कार्यक्रम काउन्सिलका सहप्रशासकीय अधिकृत दीपक खनालले सञ्चालन गर्नुभएको थियो ।

तस्विर÷रिपोर्ट : महेन्द्रराज सिंह,  

२०७३ साउन १८ गते

प्रतिक्रिया :