संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

साइवर सुरक्षामा नेपाल असुरक्षित

काठमाडौं÷प्रेस काउन्सिल नेपालका अध्यक्ष श्री वोर्णवहादुर कार्कीले कानुनको अभावमा अनलाइन पत्रकारितालाई नियमन गर्न नसकिएको राजधानीमा माघ १७ गते magh17आयोजित सार्ईवर क्राइम र साइवर सुरक्षा विषयक अन्तरक्रियामा वताउनुभएको छ ।
“ अपराधलाई प्रहरीले नियन्त्रण गर्छ भने पत्रकारितालाई काउन्सिलले प्रोत्साहन र नियमन गर्छ । राम्रा कामका लागि सवै एकजुट हुनुपर्ने र आवश्यक कानुनको निर्माण गर्नुपर्ने हुन्छ । नेपाली संस्कारका लागि अपराध हुने कुरो पश्चिमा मुलुकमा जायज हुन सक्छ त्यसैले देशको सामाजिक संस्कार अनुुसार कानुनको निर्माण गरिनुपर्छ र अनलाइन पत्रकारितालाई व्यवस्थित वनाईनुपर्दछ ।” अध्यक्षले कार्कीले धारणा राख्नुभयो ।
आचारसंहिता उल्लङ्घन गर्नेलाई दण्ड दिने र प्रेस स्वतन्त्रताको लागि प्रोत्साहन गर्ने कार्यमा आवश्यक कानुन वनाई पीडितलाई न्याय दिलाउने वातावरण काउन्सिलले निर्माण गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
नेपाल प्रहरीका बरिष्ठ प्रहरी उपरीक्षक श्री सर्वेन्द्र खनालले संस्था विग्रनुको पछाडि संस्थाकै सदस्यको प्रमुख हात हुने भन्दै आत्मअनुशासनमा रही स्वनियन्त्रित हुन सके र क्राइमवारे सचेत भए अधिकाँश साइवरका घटनामा कमी आउने धारणा राख्नुभयो । साइवर सुरक्षामा नेपाल शतप्रतिशत असुरक्षित रहेकोले यसको वेलैमा रोकथाम र नियन्त्रण गर्न मिडियावाटै साइवर अवराधवारे सचेतना अभियान थाल्नुपर्ने उहाँको धारणा थियो ।
कम्प्यूटर एशोशिएसन नेपालका श्री बिप्लपमान सिंहले साइवर अपराध बढ्दो रहेको, सवै असुरक्षित रहेको भन्दै राष्ट्रले चाहे फेसवुक,व्लग पेजहरु बन्द गर्न सक्ने धारणा राख्नुभयो । अनलाइनका माध्यमवाट साइट ह्याक गर्ने, चोरी, ठगी गर्ने प्रवृति वढेको वताउनुभयो ।
आईटीका अध्यक्ष श्री राजनराज पन्तले प्रस्तुत गर्नुभएको साइवर अपराध र साइवर सुरक्षा सम्वन्धि कार्यपत्रमा छलफल चलेको थियो । चेतनाको कमीले नेपालमा असुरक्षा रहेको, पत्रकारिताको आवरणभित्र ठाउँठेगान नभएका अनलाइनहरु सञ्चालित रहेका, जिउँदो मानिसलाई मरेको लाश वनाएर प्रसारण गरिने गरेको वताउनुभयो ।
राष्ट्रिय अनलाइन पत्रकार संघका अध्यक्ष श्री मुकुन्द ढुङ्गानाले अनलाइन पत्रकारितालाई प्रतिवन्ध होईन व्यवस्थित गर्नुपर्ने, विकृति रोकथाम र नियन्त्रण आवश्यक रहेको र काउन्सिललाई भरपूर सहयोग गरिने वताउनुभयो ।
प्रेस काउन्सिल नेपालका सूचना प्रविधि अधिकृत श्री रामशरण वोहराले २७० वटा अनलाइन सूचिकृत भएका र सुचिकृत नभएका अनलाइनमा आचारसंहिता उल्लङ्घनका घटनाहरु अत्यधिक रहेको वताउनुभयो ।

प्रतिक्रिया :