संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

लिखित परीक्षा कार्यक्रम निर्धारणसम्बन्धी सूचना

लोक सेवा आयोग, सुरक्षा निकाय तथा सङ्गठित संस्था महाशाखा परीक्षा सञ्चालन शाखाको च.नं. ४०१ मिति २०८०/०२/२८ मा प्राप्त लिखित परीक्षा कार्यक्रम निर्धारणसम्बन्धी पत्रअनुसार पदपूर्ति समितिको २०८०/०२/२८ को निर्णयानुसार प्रेस काउन्सिल नेपालको लिखित परीक्षा कार्यक्रम देहायअनुसार प्रकाशन गरिएको छ ।

प्रकाशन मिति २०८०/०२/२९

प्रेस काउन्सिल नेपालमा रिक्त पदपूर्तिको लागि मिति २०८०/०१/२९ गते प्रकाशित विज्ञापनअनुसारको लोक सेवा आयोगबाट लिइने लिखित परीक्षा देहाय बमोजिम हुने हुँदा सम्बन्धित सबैमा जानकारी गराइन्छ । परीक्षा केन्द्र लोक सेवा आयोग, अनामनगर हुनेछ । प्रवेश पत्र २०८०/०३/१० देखि प्रेस काउन्सिलबाट वितरण हुनेछ । कोभिड–१९ संक्रमितको हकमा अनिवार्य रूपमा पूर्व जानकारी गराउनुपर्नेछ ।

द्रष्टव्यः
१. उम्मेदवारले उत्तरपुस्तिकामा कालोमसी भएको डटपेन/कलम मात्र प्रयोग गर्नुपर्नेछ ।
२. प्रवेश पत्र विना कुनै पनि उम्मेदवारलाई परीक्षामा सम्मिलित नगराइने हुँदा प्रवेशपत्र अनिवार्य रूपमा साथमा लिई परीक्षा सञ्चालन हुनुभन्दा कम्तीमा १ घण्टा अगावै परीक्षा भवनमा आइपुग्नुपर्नेछ ।
३. परीक्षा भवनमा झोला, मोबाइल फोन तथा अन्य इलेक्ट्रोनिक्स डिभाइसहरू लैजान निषेध गरिएको छ ।
४. परीक्षा सञ्चालन हुने दिन अप्रत्याशित बिदा पर्न गएमा पनि आयोगको पूर्व सूचना विना निर्धारित परीक्षा कार्यक्रम स्थगित हुने छैन ।
५. वस्तुगत बहुउत्तर (Multiple Choice) प्रश्नको उत्तर लेख्दा अङ्ग्रेजी ठुलो अक्षर (Capital Letter) मा A,B,C,D लेखिएको उत्तरलाई मात्र मान्यता दिइने छ ।
६. परीक्षामा सम्बन्धित निकायबाट जारी भएको प्रवेशपत्रसँगै आफ्नो नागरिकता वा नेपाल सरकारबाट जारी भएको फोटो समेतको कुनै परिचयपत्र अनिवार्य रूपमा लिई आउनुपर्नेछ ।
७. लोक सेवा आयोगबाट जारी भएको सङ्क्रमणको विशेष अवस्थामा परीक्षा (सञ्चालन तथा व्यवस्थापन) सम्बन्धी मापदण्ड, २०७७ (तेस्रो संशोधन)को पालना गरी परीक्षा सञ्चालन गरिनेछ ।
८. परीक्षार्थीहरू सबैले आफ्नो स्वास्थ्य अवस्थाको बारेमा प्रेस काउन्सिल नेपालको वेब साइटमा गइ विद्युतीय माध्यमबाट कोभिडसम्बन्धी स्वयम् घोषणा फाराम अनिवार्य रूपमा भर्नुपर्नेछ ।
९. कोभिड–१९ संक्रमित उम्मेदवारहरूको लागि विशेष परीक्षा केन्द्रको व्यवस्था गरिने भएकोले त्यस्ता उम्मेदवारहरूले आफू सङ्क्रमित भएको जानकारी प्रेस काउन्लि नेपालमा अग्रिम रुपमा गराउनुपर्नेछ ।

कोभिड–१९ संक्रमणको समयमा सुरक्षित रहन परीक्षार्थीले ध्यान दिनुपर्ने थप विषयहरू
१. परीक्षा केन्द्रमा प्रवेश गर्नुअघि उम्मेदवारले अनिवार्य रूपमा माक्स लगाई आफ्नो प्रयोजनको लागि स्यानिटाइजर र खानेपानी समेत लिई आउनुपर्नेछ ।
२. परीक्षार्थी परीक्षाको लागि तोकिएको समयभन्दा १ घण्टा अगावै परीक्षा केन्द्रमा आइपुग्नुपर्नेछ ।
३. परीक्षार्थीहरू परीक्षा केन्द्रमा प्रवेश गर्दा, बाहिर निस्कँदा र शौचालय प्रयोग गर्नु पर्दा भीडभाड नगरिकन २ (दुई) मिटरको दूरी कायम गरी क्रमैसँग तोकिएको स्थानमा जानुपर्नेछ ।
४. परीक्षार्थी समूहमा भेला हुने, कुराकानी गर्ने गर्नु हुँदैन ।
५. परीक्षामा खटिएका जनशक्तिले दिएको निर्देशनको पूर्ण पालना गर्नुपर्र्नेछ ।
(लिखित परीक्षा कार्यक्रमसम्बन्धी सूचना २०८०/०२/२९ को गोरखापत्रमा समेत प्रकाशन गरिएको छ ।)

नोटः– गोरखापत्र दैनिक मा मिति २०८०/०२/२९ गते प्रकाशित लिखित परीक्षा कार्यक्रम सूचनामा विज्ञापन नं. ७–९/०७९/८० र ४–५/०७९/८० प्रथम पत्र र द्वितीय पत्रका परीक्षा कार्यक्रम उल्लिखित दिनहरूमा बिहान ८ः०० बजेबाट सञ्चालन हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ । )

प्रतिक्रिया :