संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

ज्येष्ठ नागरिकमैत्री सञ्चार निर्देशिका बन्दै

प्रेस काउन्सिल नेपालले ज्येष्ठ नागरिकमैत्री सञ्चार निर्देशिकाको तयारी गरेको छ । ज्येष्ठ नागरिकबारे मिडियामा सम्मानजनक भाषा प्रयोग र एकरूपता कायम गर्न निर्देशिका बन्न लागेको हो । काउन्सिलले शुक्रबार एक विज्ञप्ति जारी गरी ज्येष्ठ नागरिकका सम्बन्धमा कतिपय मिडियामा प्रयुक्त हुने भाषा अपमानजनक भएको निष्कर्षका साथ अब छिट्टै निर्देशिका जारी हुन लागेको उल्लेख गरेको छ ।

काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतको अध्यक्षतामा बसेको पछिल्लो बोर्ड बैठकले निर्देशिका निर्माणका लागि कार्यदल समेत गठन गरेको छ । काउन्सिलका बोर्ड सदस्य गोपाल बुढाथोकीको संयोजकत्वमा काउन्सिलका बोर्ड सदस्य ठाकुरप्रसाद बेलबासे र वरिष्ठ प्रशासकिय अधिकृत दीपक खनाल सदस्य रहेको कार्यदललाई एक महिनाभित्र निर्देशिका मस्यौदा तयार गर्न जिम्मेवारी दिने निर्णय गरेको हो ।

कार्यदलले राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घसहितका सरोकारवाला निकायसँग सुझाव लिई उक्त काम गर्नेछ । काउन्सिलले पत्रकार आचारसंहिता, २०७३ को आधारमा अपाङ्गतामैत्री, बालमैत्री सञ्चार निर्देशिका र महिला उत्तरदायी सञ्चार निर्देशिका कार्यन्वयनमा ल्याएको छ । आचारसंहिता र निर्देशिकामा तोकिएका मापदण्ड अनुसार भाषा प्रयोग भए/नभएको नियमित अनुगमन हुँदै आएको र उल्लङ्घन गर्ने मिडियालाई सचेत गराइएको काउन्सिल अध्यक्ष बस्नेतले जानकारी दिनुभयो ।

यसैबिच प्रेस काउन्सिल नेपालले लोकल्याणकारी विज्ञापन प्रकाशन/प्रसारणमा समेत ज्येष्ठ नागरिकमैत्री सन्देश प्रवाह गर्न सम्बद्ध निकायलाई पत्राचार गरेको छ । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घको सुझाव समेतका आधारमा त्यस्ता सन्देश विज्ञापन बोर्डलाई पठाइएको काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनालद्धाराशुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ ।

‘नेपाली मिडियाको भाषा मर्यादित र व्यवस्थित बनाउन काउन्सिलको अग्रसरताले हामीलाई खुसी तुल्याएको छ । यसले ज्येष्ठ नागरिकप्रति नै सम्मान भएको छ’ राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घका अध्यक्ष मदनदास श्रेष्ठले भन्नुभयो ।

प्रतिक्रिया :