संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

नेपाली भाषाको बिषयमा चिन्ता ! 

 

भाषा बचाऊ आन्दोलनका अगुवाद्वारा आक्रोश !!

काठमाण्डौ/प्रेस काउन्सिल नेपाल र सूचना प्रबिधि तथा भाषा अध्ययन समाजको आयोजनामा भाद्र ६ गते राजधानीमा ‘ सूचना प्रविधिमा नेपाली (सरकारी कामकाज) को भाषाको व्यवस्थापन’ बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्नुहुदै प्रेस काउन्सिल नेपालका अध्यक्ष वोर्ण वहादुर कार्कीले भाषाको संरक्षण र सम्वद्र्धन गर्दै अपभ्रंश हटाई शुद्धिकरण तथा प्रविधिमैत्री बनाउन सरोकारवालाको ध्यानाकर्षण गर्नुभयो ।IMG_2485

भाषाविद् चुडामणि गौत्तमले राजनीति गर्नेहरुबाट भाषालाई विगारिएको, नेपाली भाषाको हत्या भएको भन्दै प्रज्ञा प्रतिष्ठानको नियुक्तिबारे कटाक्ष गर्नुभयो । नेपाल प्रज्ञा प्रतिष्ठानका भाषा विभाग प्रमुख हेमाङ्गराज अधिकारीले चिन्ता, चासो, अध्ययनलाई एउटै रुपमा व्यक्त गरिएको, नेपाली भाषाको चिन्ता गर्दा अन्य धेरै भाषाको चिन्ता भएको भन्दै भाषा सिकाइ तथा प्रविधिमैत्री वनाउने विषय फरक भएको वताउनुभयो । वृहत नेपाली शब्दकोषको आधारमा प्रतिष्ठानले भाषाका विषयमा केही महत्वपूर्ण निर्णय गरेको धारणा राख्नुभएको थियो ।

कार्यक्रममा डा.लक्ष्मीप्रसाद खतिवडाले कार्यपत्र प्रस्तुत गर्दै नेपाली भाषाको व्यवस्थापन समयमै गर्न नसकिए ठूला-ठूला चुनौतीहरु सृजना हुने वताउनु भयो भने अर्का कार्यपत्र प्रस्तोता इन्जिनियर सन्त वस्नेतले एउटै व्यक्तिको विवरण पासपोर्ट विभाग, यातायात विभागमा फरक फरक हुन थालेकोले यो संवेदनशील भएको धारणा राख्नुभयो । कर्णाखर खतिवडाले भाषाको विवादले अन्यौलता देखिएको हुँदा समयमै एकरुपता ल्याउन पहल हुनुपर्ने वताउनुभयो । केदार शर्माले दुइ हजार वर्ष पुरानो भाषालाई भत्काउन नहुने वताउनुभयो । तोयानाथ भट्टराईले बाध्यतामा अनुकूलता खोज्दै भाषामा एकरुपता हुन जरुरी भएको धारणा राख्नुभएको थियो ।

भाषा बचाउ आन्दोलनका अगुवाहरु डा.बलदेव अधिकारी, डिल्ली आचार्य, शरच्चन्द्र वस्ती, बलराम प्रसाई लगायतले नेपाल प्रज्ञा प्रतिष्ठानका भाषिक बिषयको निर्णय तथा कामकारबाहीप्रति तिव्र आलोचना तथा सुझाव पेश गर्नुभएको थियो ।

एउटै व्यक्तिको फरक फरक अभिलेख हुन थालेको, प्रविधिमा भाषाको एकरुपता नभएको , भाषालाई  अन्यौलता राख्न नहुने, सिकाई प्रक्रियामा भ्रम पार्न नहुने, भाषालाई विगार्न नहुने लगायतका कुरामा सहभागीले चिन्ता र चासो ब्यक्त गरेका थिए । कार्यक्रममा काउन्सिलका सदस्य गोविन्द प्रसाद चौंलागाईले स्वागत मन्तव्य राख्नुभएको थियो भने सह-प्रशासकीय अधिकृत दीपक खनालले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

 रिपोर्ट/तस्विर : महेन्द्रराज सिंह, २०७३ भाद्र ६ गते І

प्रतिक्रिया :