संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

संयुक्त मिसन टोलीद्वारा प्रतिवेदन सार्वजनिक

pra_deliver

काठमाडौँ, ३ बैशाख । रौतहट घटनामा भएको प्रेस स्वतन्त्रताको हनन्का सम्बन्धमा प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघद्धारा गठित संयुक्त मिशन टोलीले आज अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ ।

काउन्सिल सभाकक्षमा आज आयोजित पत्रकार सम्मेलनमा टोलीका संयोजक चन्द्रदेव कामतीले काउन्सिल अध्यक्ष बोर्णबहादुर कार्कीलाई सो प्रतिवेदन हस्तान्तरण गर्दै निष्पक्ष भएर सबै सरोकारवालाहरूलाई भेटी प्रतिवेदन तयार पारिएको बताउनुभयो ।

काउन्सिल अध्यक्ष कार्कीले प्रतिवेदनले दिएका सुझावप्रति गम्भीर भएर त्यसलाई कार्यान्वयनमा लगिने प्रतिवद्धता जनाउनुभयो । उहाँले सरकारलाई पत्रकारको सुरक्षामा र पत्रकारलाई समाचार सम्प्रेषणमा संयमित बन्न आग्रह गर्नुभयो ।

महासंघका अध्यक्ष डा.महेन्द्र विष्टले संयुक्त मिसन टोलीको प्रतिवेदनले उठाएका विषय लागू गर्न महासंघ लागिपर्ने बताउनुभयो ।

मिसन टोलीका सदस्य एवम् महासंघका केन्द्रीय सदस्य शीतलप्रसाद महतोले पत्रकारले पनि आचारसंहिता पालना नगर्दा भौतिक आक्रमण हुने गरेको पाइएको बताउनुभयो ।

प्रतिवेदनमा पत्रकार तथा सञ्चारमाध्यममाथि आक्रमण गर्ने दोषीलाई कानुनी दायरामा ल्याउन राज्य गम्भीर हुनुपर्ने, पत्रकारलाई सुरक्षाको प्रत्याभूति दिलाउन र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता उल्लंघनका घटना दोहरिन नदिन रौतहट घटनामा संलग्न दोषीलाई यथाशीघ्र कानुनी दायरामा ल्याइनुपर्ने,  द्वन्द्वको बेला जोगिएर समाचार संकलन गर्नुपर्ने, पत्रकार र सञ्चारमाध्यमको भौतिक सुरक्षा र दण्डहिनताको अन्त्य गर्नुपर्ने, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हननका घटनाको तत्काल अभिलेखन, तथ्यांक विश्लेषण, प्रवृत्तिगत अध्ययन, अनुगमन, नियन्त्रण, उद्धार र कानुनी उपचारका लागि महासंघका जिल्ला शाखालाई अझ प्रभावकारी र क्रियाशित बनाइनुपर्ने, न्यूमिडियाको पछिल्लो विकासलाई ध्यानमा राखी अनलाइन पत्रकारितालाई स्वतन्त्र, जिम्मेवार एवं उत्तरदायी मूलधारको सञ्चारमाध्यमको रूपमा स्थापित गराइनुपर्ने, रौतहटमा तत्काल द्वन्द्व पत्रकारिता एवं पत्रकार आचारसंहितासम्बन्धी तालिम अनिवार्य रुपमा दिइनुपर्ने लगायत १५ बुँदे निष्कर्ष पेश गरिएको छ ।

नेपाल सरकारको सेवा केन्द्र विस्तार गर्ने निर्णयविरुद्ध केही दिनअघि रौतहट जिल्लाको गौरमा उद्योग वाणिज्य संघको अगुवाईमा भएको आन्दोलनका क्रममा प्रेसमाथि भएको आक्रमण, पत्रकार आचारसंहिताको उल्लघंन लगायतका विषयमा अध्ययन गर्न काउन्सिल सदस्य कामतीको संयोजकत्वमा महासंघका केन्द्रीय सदस्य एंव मध्यमाञ्चल संयोजक महतो र महासंघ रौतहट शाखा अध्यक्ष शैलेन्द्रकुमार गुप्ताको सदस्यतामा काउन्सिल र महासंघद्वारा गत चैत्र २४ गते सो टोली गठन गरिएको थियो ।

टोलीले चैत २५ गते नै गौरमा पुगेर घटनाको स्थलगत अध्ययन, अनुसन्धान गर्नुका साथै घटनाका सम्बन्धमा स्थानीय सञ्चारकर्मी, प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक तथा नागरिक समाजका अगुवा र प्रतिनिधिलगायतका सरोकारवालाहरुसँग छलफल, अन्तक्र्रिया र अन्तरसंवाद गरी घटनाको सत्य, तथ्य र यथार्थ बुभ्mने काम गरिएको जनाएको छ ।

प्रतिक्रिया :