संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

मनोसामाजिक अपाङ्गता (डिप्रेसन) न्यूनिकरणमा जोड

 

प्रेस काउन्सिल नेपालको आयोजना तथा राष्ट्रिय मानसिक स्वास्थ्य स्वयंसेवा संघ Koshish को संयोजनमा आयोजित “ मानसिक स्वास्थ्य सचेतनामा मिडियाको भूमिका ”  बिषयक छलफल कार्यक्रममा बक्ताहरुले मनोसामाजिक अपाङ्तालाई न्यूनिकरण गर्र्न मिडियाको भूमिका महत्वपूर्ण हुने धारणा राख्नुभयो ।manasik swasthya.. (3)

कार्यक्रममा प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष बोर्णवहादुर कार्कीले मानसिक समस्या बढ्दै गएपछि आत्महत्या तथा सडकमा पुग्ने गरेको घटनाहरु बढिरहेकोमा यसको न्यूनिकरणमा मिडिया लाग्नुपर्ने धारणा राख्नुभएको थियो भने राष्ट्रिय मानसिक स्वास्थ्य स्वयंसेवा संघ Koshish का अध्यक्ष मातृका देवकोटाले भुकम्प, कुलतबाट उत्पन्न समस्याले मनमा निरन्तर जरो गाडेर बस्ने, हप्तादिन भन्दा बढी लम्बियो भने मानसिक रोगको लक्षण देखापर्दछ । यसको एक्सरे, एमआरआईबाट मापन नहुने भन्दै उहाँले भन्नुभयो– नेपालमा ६० लाख बढी कुनै न कुनै किसिमको डिप्रेसनबाट ग्रस्त रहेको प्रतिवेदन छ ।

कार्यक्रमको अध्यक्षता गर्नुभएका काउन्सिल सदस्य किशोर श्रेष्ठले मानसिकरुपमा विक्षिप्त पत्रकारहरुको अवस्था र दुर्घटनाकाबारेमा धारणा राख्नुहुँदै काउन्सिलले प्रिन्ट मिडियामा सीमित नरही विद्युतीय माध्यममा अनुगमन भैरहेको बताउनुभयो । कार्यक्रममा मानसिक स्वास्थ्यमा ध्यान मनोसामाजिक अपाङ्ताग्रस्त भई सडकमा पु¥याईएका र उनीहरुलाई उद्धार गरिएकोसम्वन्धी भिडियो पनि प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा चक्रपाणी नेपाल, सुनिलकुमार केसी, अंकुर न्यौपाने, अच्युत घिमिरे, अम्बिका भण्डारी, अनिल घिमिरे लगायतले पत्रकारिता खोज तथा अनुसन्धानमूलक, समस्या समाधानमूलक, सचेतनाका कार्यक्रम निरन्तर र ग्रामीणमूखि हुनुपर्ने र मानसिक समस्या डिप्रेसन न्यूनिकरण गर्नुपर्नेमा जोड दिनुभएको थियो । प्रेस काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसालले सञ्चालन गरेको उक्त कार्यक्रममा ६५ जनाको सहभागिता रहेको थियो ।

तस्विर/रिपोर्ट : महेन्द्रराज सिंह, २०७३ चैत १८ गते ।

प्रतिक्रिया :