Sanchargram, Kathmandu info@presscouncilnepal.gov.np

प्रेस काउन्सिल नेपालको ४६ औं बार्षिकोत्सव सम्पन्न

असोज ६ काठमाडौं÷प्रेस काउन्सिल नेपालको ४६ औं बार्षिकोत्सव कार्यक्रमका प्रमुख अतिथि सम्माननीय प्रधानन्यायाधीश कल्याण श्रेष्ठले नेपाली मिडिया अन्य विकसित मुलुकमध्ये उत्कृष्ट रहेको र देशभर यसको व्यापक सञ्जालीकरण रहेकोले लोकतन्त्र र जनता कहिल्यैपनि सुत्न नसक्ने बताउँदै प्रेस र सरकार रोज्दा आफूले प्रेस नै रोज्ने वताउनुभयो । उan2हाँले प्रेस विनाको सरकार तानाशाह हुने भन्दैै मिडियामा कहिलेकाही तथ्यहरु फरकफरक आउनु विडम्वना भएको वताउनुभएको छ । राज्यको सम्पूर्ण शक्ति लागू हुने ठाउँ न्यायलयले आठ अर्व जरिवाना, एक लाख वर्ष कैद अशूल गर्न बाँकी रहेको प्रसंगमा श्रेष्ठले काउन्सिलको भूमिका महत्वपूर्ण रहेको धारणा व्यक्त गर्नुभएको थियो ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष श्री बोर्णबहादुर कार्कीले राजनीतिक परिवर्तनलाई संस्थागत गर्न बनेको नयाँ संविधानलाई दुर्घटनाबाट बचाउँदै सफल कार्यान्वयन गर्नमा गम्भीर दायित्व र जिम्मेवारी नेपाली सञ्चारमाध्यम र पत्रकारको काँधमा इतिहासले सुम्पिएको बताउँदै भन्नुभयो–‘विषम परिस्थितिबाट गुज्रिरहेको नेपाली राजनीतिलाई सुरक्षित रुपमा गन्तव्यमा पु¥याउन संचारमाध्यम र पत्रकारको सकारात्मक भूमिका महत्वपुर्ण छ । पुराना अनुभवी पत्रकारहरु पलायन हुँदै जाने र पर्याप्त पेशागत ज्ञानसीप नभएका सिकारुहरुबाट संचारमाध्यम संचालन गर्नुपर्ने बाध्यताले पत्रकारिता व्यवसाय सँधै सिकारुहरुको प्रयोगशाला बन्ने हो कि भन्ने धारणा राख्नुभयो । पत्रकारिता व्यवसायका मूल्य, मान्यतालाई स्वीकार नगरी गरिने अपारदर्शी लगानीले भइरहेका उपलब्धीहरुलाई समाप्त गर्न सक्नेतर्फ सचेत हुनु आवश्यक छ भन्दै अध्यक्ष कार्कीले थप्नुभयो–‘संचारमाध्यमका लगानीकर्ताबाट सम्पादकीय स्वतन्त्रताको सम्मान र संरक्षण सम्बद्र्धन नहुँदा प्रेस स्वतन्त्रताको दुरुपयोगका घटनाहरुले यही कुराका संकेत गर्दछ । अतिसयुक्तिपूर्ण सूचनामात्र दिने प्रवृत्तिले पत्रकारिता व्यवसायको विश्वसनीयतामा आँच पु¥याउँदै आएको विचार व्यक्त गर्दै अध्यक्ष कार्कीले पुनः भन्नुभयो–‘नेपाली संचारमाध्यम र पत्रकारिता व्यवसायमा प्रविधिले पारेको अभूतपूर्व प्रभावलाई सदुपयोग, न्यू मिडियाको व्यवस्थापन, जनता र मिडियाबीचको बलियो सम्बन्ध स्थापना गर्ने, राष्ट्र र जनतालाई उपयोगी हुने जनमतको निर्माण गर्ने, व्यवसायिक र नैतिक मूल्य मान्यतायुक्त पत्रकारिताको विकासतर्फ पनि हाम्रो ध्यान जान जरुरी छ ।’

माननीय सूचना तथा सञ्चारमन्त्री मीनेन्द्र रिजालले आफूलाई जति कुरा काटेपनि प्रेस स्वतन्त्रताप्रति आफू प्रतिवद्ध रहेको धारणा राख्नुभयो । काउन्सिलका सदस्य श्री सुदर्शन आचार्यले स्वागत मन्तव्य ब्यक्त गरेपछि सुरु भएको कार्यक्रममा वोल्दै एकीकृत नेकपा(माओवादी)का पोलिट ब्यूरो सदस्य एवम् पूर्व सूचना तथा सञ्चार मन्त्री अग्नि सापकोटाले संविधान आईपुगेको यो ऐतिहासिक अवस्थामा यसको कार्यान्वयनका लागि सञ्चारजगत्को महत्वपूर्ण भूमिका रहने कुरा व्यक्त गर्नुभयो । नेकपा एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले स्वाधीन नेपालले नयाँ संविधान प्राप्त गरेको अवस्थामा कार्यान्वयनमा जुटुन र प्रचार प्रसारमा लाग्न सञ्चारकर्मी र आमसमुदायलाई आग्रह गर्दै आन्तरिक एकताका लागि र शक्तिशाली जनमत निर्माणका लागि यो बार्षिकोत्सव सफल रहोस् भन्ने कामना गर्नुभयो ।

सो अवसरमा प्रेस काउन्सिल नेपालको ४० औं बार्षिक प्रतिवेदन माननीय सूचना तथा सञ्चारमन्त्री मीनेन्द्र रिजाल र संहिता त्रैमासिकको २६ औं अङ्कको सम्माननीय प्रधानन्यायाधीश कल्याण श्रेष्ठले विमोचन गर्नुभएको थियो । नेपाल पत्रकार महासंघका अध्यक्ष श्री डा. महेन्द्र विष्टले बहुआयामिक विकासका लागि मिडियाको भूमिका विभिन्न खण्डमा महत्वपूर्ण रहँदै आएको बताउनुभयो । पूर्व मुख्य सचिव श्री लिलामणि पौडेलले मिडियाको भूमिका महत्वपूर्ण रहेको वताउँदै जुनरुपमा गुणात्मक हुनुपर्ने हुन नसकेको र एक वर्ष अघि गोरखापत्रमा प्रकाशन भएको आफ्नो लेख् जस्ताको तस्तै चोरी भएको वताउनुभएको थियो । पुरस्कृत व्यक्तिहरुको तर्फबाट यसबर्ष प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कारबाट पुरस्कृत कौशल चेम्जोङ्ले आफूहरुलाई थप जिम्मेवारी प्राप्त भएको र मुलुक सङ्गीन घडीमा रहेको बेला सवै पत्रकारहरु एकमुख भएर लाग्नुपर्ने भन्दै काउन्सिलले पुरस्कृत गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो ।

प्रेस काउन्सिल नेपालका सदस्य सचिव तथा सूचना विभागका महानिर्देशक श्री लक्ष्मीविलास कोईरालाले काउन्सिलको बार्षिक प्रगतिको संक्षिप्त जानकारी दिँदै पत्रकार तथा सञ्चारमाध्यमहरुलाई सहयोग पु¥याउदै आएका विषयहरुको चर्चा गर्नुभएको थियो । प्रमुख अतिथि, अतिथिको मन्तव्य कार्यक्रमको सत्र सदस्य श्री किशोर श्रेष्ठले र पुरस्कार वितरणको कार्यक्रम सत्र काउन्सिलका सदस्य श्री मनऋषि धितालले सञ्चालन गर्नुभएको थियो । काउन्सिलका सदस्य श्री माधव शर्माले काउन्सिलबाट वितरण गरिएका विभिन्न पुरस्कारहरुको विषयमा जानकारी गराउनु भएको थियो भने काउन्सिलका सदस्य श्री चन्द्रदेव कामतीले सहभागिहरुलाई धन्यवाद व्यक्त गर्नुभयो ।

Comments :

    Facebook Comment