Sanchargram, Kathmandu info@presscouncilnepal.gov.np

काउन्सिलको ४६ औं वार्षिकोत्सवको अवसरमा सम्मानित हुनुहुने

१.कमल कोईराला, मोरङ्

स्वतन्त्र पत्रकार कमल कोईरालाको जन्म सन् १९३८ अगस्त १५ मा पिता मातृका प्रसाद कोईराला र माता मञ्जुकोईरालाको कोखवाट विराटनगर मोरङ्मा भएको हो । विए,एलएलबी सम्मको शिक्षा हाशिल गर्नुभएका कोईरालालेरोडम्याप साप्ताहिक, दृृष्टि साप्ताहिकमा सम्पादकको भूमिकामा रहनुभएको थियो । वि.सं.२०३३ सालदेखि २०४६सम्म कानुन व्यवसायीको रुपमा अधिवक्ता कोईराला

२०५१ सालको मध्यावधि निर्वानमा मोरङ् क्षेत्र नम्वर ५ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुनुभयो ।  तथापिपत्रकारितामा उहाँको कलम निरन्तर चलि नै रह्यो । दक्षिण कोरियाको लागि नेपाली राजदुत, भियतनामका लागिगैरआवासीय राजदुत हुनुभएको थियो । स्वतन्त्र पत्रकार कोईराला निरन्तर लेख्रचना लेखेर जिविकोपार्जन गर्दैआउनुभएको छ ।

सम्मानित हुनु भएकोमा पत्रकार कमल कोईरालाज्यूलाई हार्दिक बधाई छ ।

२.इन्द्रकान्त मिश्र,काठमाडौं

पत्रकार इन्द्रकान्त मिश्रको जन्म २१ मे १९२० मा भएको हो । वि.सं. २०१५ सालदेखि प्रकाशित “दैनिक नेपाल”पत्रिकाबाट पत्रकारिता पेशामा प्रवेश गर्नुभएको हो । २०५० सालसम्म निरन्तर पत्रकारितामा संलग्न रही विशिष्टयोगदान पु¥याउनुभएका मिश्रले नेपाल पत्रकार संघको कोषाध्यक्ष तथा महामन्त्रीको जिम्मेवारी पूरा गर्नुभएको छ। ३५ वर्ष पत्रकारितामा संलग्न रहेर पत्रकारितामा लामो अनुभव बटुल्नुभएका मिश्रले पञ्चायतकालमा दुईपटकजेल तथा तीनपटकसम्म पत्रिकामाथि प्रतिबन्ध खेप्नुपरेको थियो । सदस्यको भूमिकामा  प्रेस काउन्सिल नेपालकोदुई कार्यकाल र वि.सं. २०५० देखि विघटन नहुँदासम्म राजपरिषद सदस्य समेत रहनुभएको थियो ।

सम्मानित हुनुुभएकोमा पत्रकार इन्द्रकान्त शर्माज्यूलाई हार्दिक बधाई छ ।

३.राजेश्वर नेपाली, जनकपुरधाम धनुषा

पत्रकार राजेश्वर नेपालीको जन्म २००२ साल भाद्र १९ गते पिता रामदुलार साह र माता इन्द्रमणि देवी साहकोकोखवाट जनकपुरधाम, धनुषामा भएको हो । स्नातकोत्तर सम्मको अध्ययन पुरा गर्नुभएका नेपालीले पटनाबाटप्रकाशित “नेपाल सन्देश” पत्रिकामा वि.सं. २०१८ सालदेखि पत्रकारितामा प्रवेश गर्नुभएको थियो । पत्रकारितामाआधा दशकको यात्रा पूरा गर्नुभएका नेपालीले यस अवधिमा नेपाल टाईम्स, दैनिक नेपाल, राष्ट्रपुकार, विश्वसन्देश, विश्वदीप, विश्लेषण लगायतका पत्रपत्रिकामा रिपोर्टिङ् तथा सम्पादन गर्नुभएको छ । राजनीतिकउतारचढावका बीच धेरैपटक गिरफ्तार पर्नुभएका नेपालीले वि.सं.२०१७ सालको पञ्चायती व्यवस्था , २०४६सालको जनआन्दोलनमा सक्रिय सहभागिता जनाउनुभएको थियो । नेपालीले पुकार कविता संग्रह(२०२५),प्रेरणाप्रद सहिदहरु(२०५५), नेपाल नेपाली कविता संग्रह(२०५९), भारत दर्शन लेख संग्रह आदि दर्जनौं कृतिहरुप्रकाशित छन् । गोरखा दक्षिण बाहु, प्रेस स्वतन्त्रता सेनानी लगायतका सम्मानबाट सम्मानित हुनुभएको थियो ।सीता नगरी जनकपुरबाट कलमको अथक सारथिका रुपमा नेपाली पत्रकारिताको दियो बालिरहनुहुने श्री नेपालीलाईसम्मानित हुनुुभएकोमा हार्दिक बधाई छ ।

४. पन्नालाल गुप्त, नेपालगञ्ज बाँेके

पत्रकार पन्नालाल गुप्तको जन्म बाँके जिल्लामा भएको हो । साढे चारदशकदेखि पत्रकारितामा अनवरत क्रियाशीलपत्रकार गुप्त किरण साप्ताहिकका सम्पादक हुनुहुन्छ । प्रेस स्वतन्त्रता सेनानीबाट सम्मानित गुप्तलेपत्रकारितामा विशिष्ट योगदान रहेको रहेको छ ।

सम्मानित हुनुभएकोमा पत्रकार पन्नालाल गुप्तज्यूलाई हार्दिक बधाई छ ।

५. मणिराज उपाध्याय, काठमाडौं

नेपाली पत्रकारितालाई आजको विन्दूसम्म ल्याइपुर्याउन मार्गदर्शक, अभिभावकको हैसियतमा ऐतिहासिकयोगदान गर्नुहुने श्री उपाध्यायलाई प्रेस काउन्सिलको ४६ औं वार्षिकोत्सवको अवसरमा हार्दिक सम्मान गरिएको छ।

६. हिरण्यलाल श्रेष्ठ, काठमाडौं

नेपाली पत्रकारितालाई आफ्ना धारिला लेखनीमार्फत सदा स्मरणीय गराईरहनु हुने श्री श्रेष्ठलाई प्रेस काउन्सिलको४६ औं वार्षिकोत्सवको अवसरमा हार्दिक सम्मान गरिएको छ ।

७. मदनमणी दीक्षित, काठमाडौं

नेपाली सञ्चार जगतलाई अविष्मरणीय योगदान पुर्याउनु हुने लेखन जगतका अथक यात्री श्री दीक्षितलाई प्रेसकाउन्सिलको ४६ औं वार्षिकोत्सवको अवसरमा हार्दिक सम्मान गरिएको छ ।

८. प्रेमकुमारी पन्त, काठमाडौं

लामो समयदेखि भाषागत पत्रकारितामार्फत राष्ट्रसेवा गरी योगदान गर्नुहुने श्री पन्तलाई प्रेस काउन्सिलको ४६ औंवार्षिकोत्सवको अवसरमा हार्दिक सम्मान गरिएको छ ।

९. कृष्णा ताम्राकार, काठमाडौं

रेडियो पत्रकारितामा आफ्ना जादूमयी आवाजमार्फत सशक्त सन्देश प्रवाह गर्नुहुने श्री ताम्राकारलाई प्रेसकाउन्सिलको ४६ औं वार्षिकोत्सवको अवसरमा हार्दिक सम्मान गरिएको छ ।

१०. शिशुप्रसाद देवकोटा, सप्तरी

पहाड र मधेशको उत्तिकै प्यारा पत्रकार श्री देवकोटालाई प्रेस काउन्सिलको ४६ औं वार्षिकोत्सवको अवसरमा हार्दिकसम्मान गरिएको छ ।

११. अमृता लम्साल, काठमाडौं

वाद र विचार, स्वदेश र विदेश अनेकखाले बन्देजका वीच लामो समयदेखि नेपाली पत्रकारिताको उत्थानमा संलग्नश्री लम्साललाई प्रेस काउन्सिलको ४६ औं वार्षिकोत्सवको अवसरमा हार्दिक सम्मान गरिएको छ ।

१२. बारबारा एडम्स, काठमाडौं

समाचार सम्प्रेषणको सिलसिलामा नेपाल आई ५५ बर्ष यतै व्यतित गरिसक्नु भएकी श्री बरबरा एडम्सलाई ८५बर्षको उमेरमा समेत पत्रकारिताप्रतिको समर्पणका निम्ति प्रेस काउन्सिलको ४६ औं वार्षिकोत्सवको अवसरमाहार्दिक सम्मान गरिएको छ ।

Comments :

    Facebook Comment