Sanchargram, Kathmandu info@presscouncilnepal.gov.np

काउन्सिलको ४६ औं वार्षिकोत्सवको अवसरमा पुरस्कृत तथा सम्मान

१. रेडियो नेपाल

वि.सं.२००७ साल चैत्र २० गते स्थापना भएको रेडियो नेपाल प्रसारण पत्रकारितामा सवैभन्दा लामो इतिहास बोकेको संस्था हो । विकास समिति ऐन, २०१३ अन्तर्गत रेडियो प्रसार सेवा विकास समिति मा परिवर्तन गरिएको रेडियो नेपालले राष्ट्रियरुपमा पहुँच बढाएको र पत्रकारिताको क्षेत्रमा विशेष योगदान रहेको कुरा जगजाहेर नै छ । १८ राष्ट्र भाषाan3हरुमा प्रसारण हुने र ८६ प्रतिशत जनतामा पहुँच रहेको रेडियो नेपालमा ६ सयको संख्यामा कर्मचारीहरु कार्यरत रहेका छन् । देशका विभिन्न स्थानहरु दाउन्ने, जोमसोम, रेसुङ्गा, पोखरा, हुम्ला, जुम्ला, मान्मा, मुगु, चमेरे ,दार्चुला, लगायतबाट रिले प्रसारण भै रहेको छ । आचारसंहिता पुरस्कार प्राप्त गर्नुभएकोमा रेडियो नेपालका तर्फबाट कार्यकारी निर्देशक घनेन्द्र विमल क्षेत्रीज्यूलाई हार्दिक बधाई छ ।

२. दायित्व द्वैमासिक काठमाडौं संक्षिप्त परिचय
सुरुमा मासिक रुपमा वि.सं. २०४४ साल बैशाख महिनादेखि प्रकाशन आरम्भ भएको हो । २९ बर्षको इतिहास रहेको दायित्व विविध कारणवश वि.सं. २०६५ सालदेखि द्वैमासिक रुपमा प्रकाशन हुन थालेको हो । यस पत्रिकाको सम्पादन रामप्रसाद पन्तज्यूबाट सम्पादन हुँदै आएको छ । हाल दायित्व द्वैमासिक “क” वर्गमा रहेको छ । प्रेस काउन्सिल साहित्यिक पत्रकारिता पुरस्कार प्राप्त गर्नुभएकोमा दायित्व पत्रिकाका सम्पादक रामप्रसाद पन्तलाई हार्दिक बधाई छ ।

३. दोभान त्रैमासिक काठमाडौं परिचय
वि.सं. २०५६ सालदेखि दोभान त्रैमासिकको प्रकाशन आरम्भ भएको हो । दोभान त्रैमासिक पत्रिका “क”वर्गमा रहेको छ । बालिका गिरी प्रकाशक तथा प्रधान सम्पादक रहेको उक्त पत्रिकाले विशेष अवसरहरुमा विभिन्न साहित्यकारहरुको बारेमा विशेषाङ्कहरु प्रकाशन गर्दै आएको छ । विभिन्न अवसरमा साहित्य, शिक्षा, समाजसेवामा अनवरत योगदान पु¥याउनुहुने श्रष्ठाहरुलाई दोभान पत्रिकाबाट सम्मानित गरिएको छ । प्रेस काउन्सिल साहित्यिक पत्रकारिता पुरस्कार प्राप्त गर्नुभएकोमा दोभान त्रैमासिकका प्रधान सम्पादक श्री बालिका गिरीज्यूलाई हार्दिक बधाई छ ।

४. शारदारमण नेपाल, काठमाडौं
पत्रकार शारदारमण नेपालको जन्म वि.सं. २००३ साल असोज २२ गते नुवाकोटमा भएको हो । नेपाली विषयमा स्नातकोत्तर तहको अध्ययन पूरा गर्नुभएका नेपालले वि.सं. २०२१ सालदेखि २०६६ सम्म विद्यालय,कलेज तथा क्याम्पसमा अध्यापन गर्नुभएको छ । बनारसबाट प्रकाशित हुने साहित्यिक पत्रिका नयाँ पाईला २०२२÷२०२३ को सम्पादन गरेदेखि नै साहित्यिक पत्रकारितामा प्रवेश गर्नुभएका नेपालका छोरीसित खण्डकाव्य, यी हाम्रा सन्तमानहरु, युद्ध जारी छ, जनादेश लेखसंग्रह, फुलवारीको चरी कविता संग्रह, हजुरबाको थाल बालकथा संग्रह आदि दुई दर्जन कृतिहरु प्रकाशित छन् । प्रेस काउन्सिल स्तम्भ लेखन पुरस्कार प्राप्त गर्नुभएकोमा पत्रकार शारदारमण नेपालज्यूलाई हार्दिक बधाई छ ।

५. चक्रपाणि नेपाल, काठमाडौं
पत्रकार चत्रपाणि नेपालले जनकपुरबात प्रकाशित “नयाँ पाईलो”पत्रिकाबाट वि.सं.२०२८ सालदेखि पत्रकारिता पेशामा प्रवेश गर्नुभएको हो । निरन्तर पत्रकारितामा संलग्न रही विशिष्ट योगदान पु¥याउनुभएका नेपालले दिग्दर्शन साप्ताहिक, महिमा साप्ताहिक, जनता साप्ताहिक, गोरखा एक्सप्रेस, जनधारणा, जनआब्हानमा कार्य गर्नुभएको छ । लामो अनुभव बटुल्नुभएका नेपाल हाल २६ वर्षदेखि नेपालीपत्र साप्ताहिकमार्फत सक्रिय पत्रकारिता गर्नुभएको छ । प्रेस काउन्सिल स्तम्भ लेखन पुरस्कार प्राप्त गर्नुभएकोमा पत्रकार चक्रपाणि नेपालज्यूलाई हार्दिक बधाई छ ।

६. भारती पोख्रेल उपाध्याय, मोरङ्
स्वतन्त्र पत्रकार भारती पोखरेलको जन्म वि.सं. २०१९ जेठ ९ गते जयनेपाल मार्ग—११, बिराटनगरमा भएको हो । सन् १९९८ मा ईतिहासमा स्नातकोत्तर सम्मको अध्ययन पूरा गर्नुभएका पोखरेलले वि.सं. २०५३ सालदेखि घटना र विचार साप्ताहिकबाट पत्रकारिता सुरु गरी स्पेशटाईम नेटवर्क , राससमा कार्यानुभव रहेको छ । यसका साथै उद्घोष दैनिक, नयाँ सृष्टि दैनिक, नागरिक दैनिक, कान्तिपुर दैनिकमा स्वतन्त्र लेखन गर्दै आउनुभएका पोखरेल विभिन्न पेशागत संगठनहरु नेपाल प्रेस युनियन,नेपाल रेडक्रस सोसाईटी, नेपाल पत्रकार महासंघ लगायतमा आवद्धता रहेको छ । प्रेस काउन्सिल स्तम्भ लेखन पुरस्कार प्राप्त गर्नुभएकोमा स्वतन्त्र पत्रकार भारती पोखरेल उपाध्याय ज्यूलाई हार्दिक बधाई छ ।

७. कवि रामचन्द्र शर्मा(सञ्जेल) राम सञ्जेल, काठमाडौं कवि राम सञ्जेलको जन्म वि.सं. २०१६ साल माघ ६ गते काभे्रस्थली—२,काठमाडौंमा भएको हो । हामी बालक शीर्षकमा वि.सं.२०२८ सालमा गोरखापत्रमा प्रकाशित गरेदेखि साहित्यमा प्रवेश सञ्जेलका रामचन्द्र शर्माका कविता संग्रह(२०३६), मान्छे मान्छे भएर बाँच(२०३७), अञ्जुली मुक्तक संग्रह(२०३६), कविताका विस्कुन कविता संग्रह(२०५८), गिद्ध र परेवाको युद्ध(२०६३) कृतिहरु प्रकाशित छन् । नेपाल पत्रकार महासंघ , नेपाल साहित्यिक पत्रकार संघ , प्रगतिशील लेखक संघमा संलग्नता रहेका सञ्जेल साप्ताहिक जनसत्ता सम्मान,२०५५ , प्रभातकालीन दैनिक साहित्यिक स्तम्भ लेखन पुरस्कार,२०५६ ,किशोरीरमण राणा पत्रकारिता पुरस्कार,२०५८ वाट सम्मानित हुनुभएको छ । प्रेस काउन्सिल स्तम्भ लेखन पुरस्कार प्राप्त गर्नुभएकोमा कवि राम सञ्जेलज्यूलाई हार्दिक बधाई छ ।

८. छार गोङ्मा मासिक ललितपुर संक्षिप्त परिचय
छार गोङ्मा मासिकको प्रकाशन आरम्भ वि.सं. २०६० जेठ महिनादेखि भएको हो । ललितपुर जिल्ला प्रशासन कार्यालयमा दर्ता यस मासिकका सम्पादक प्रतिककुमार लामा तामाङ् हुनुहुन्छ । तामाङ् र नेपाली भाषामा प्रकासन हुने छार गोङ्मा मासिकको १३३ अंक प्रकाशित भईसकेको छ । विगत १३ वर्षदेखि निरन्तर प्रकाशित यस मासिकले विशेषगरी तामाङ् समुदायको भाषा, साहित्य,संस्कृति, गीतस ङ्गीत, धर्मदर्शन र पहिचानसंग सम्वन्धित सामग्रीहरु पाठकसामु पस्कने, अभिलेख राख्ने र जानकारी दिने माध्यमको रुपमा योगदान पु¥याएको छ साथै यसै मासिकको नामबाट रु. १० हजार राशीको “छार गोङ्मा पत्रकारिता पुरस्कार ”हरेक वर्ष बार्षिकोत्सवको अवसरमा प्रदान गरिँदै आएको छ । प्रेस काउन्सिल भाषागत पत्रकारिता पुरस्कार प्राप्त गर्नुभएकोमा छार गोङ्मा मासिकका सम्पादक प्रतिककुमार लामा तामाङ्ज्यूलाई हार्दिक बधाई छ ।

९. सुवेच्छाविन्दु तुलाधर, काठमाडौं
पत्रकार सुवेच्छाविन्दु तुलाधरको जन्म सन् १९७५ मे १ मा, भएको हो । समाजशास्त्रमा एमए सम्मकोे अध्ययन पुरा गर्नुभएकी तुलाधरले दुई दशकदेखि पत्रकारिता पेशामा आवद्ध हुनुहुन्छ । ईमेज एफएम, सिटी टाईम्स दैनिक, नेपाल समाचारपत्र दैनिकमा कार्य अनुभव संगाल्नु भएकोे छ । रासस वोर्ड सदस्य, सञ्चार मन्त्रालय अन्तर्गत उच्चस्तरीय आयोगको सदस्य लगायतका नीति निर्माण तहमा रही पत्रकारिता जगत्को अध्ययन अनुसन्धान गर्नुभएकी मानन्धरले बाल विकास पत्रकारिता पुरस्कार, महिला सशक्तिकरण पत्रकारिता पुरस्कार, रिपोर्टस क्लब पुरस्कार, बाल मजदुर पत्रकारिता पुरस्कारबाट समेत सम्मानित भै सक्नुभएको छ । प्रेस काउन्सिल महिला सशक्तिकरण पुरस्कार प्राप्त गर्नुभएकोमा पत्रकार सुवेच्छाविन्दु तुलाधरज्यूलाई हार्दिक बधाई छ ।

१०.मालाकुमारी कर्ण, सप्तरी
माला कुमारी कर्णको जन्म वि.सं २०४१ साल साउन ६ गते कल्याणपुर–२ सप्तरीमा जन्म भएको हो । वि.सं २०६६ सालदेखि न्यू स्वर्णिम सन्ध्या साप्ताहिक पत्रिकाबाट पत्रकारितामा प्रवेश गर्नुभएकी कर्र्णले गोरखापत्र दैनिक र स्थानीय विभिन्न पत्रपत्रिकामा सम्पादन तथा रिपोर्टिङ् गर्दै आउनु भएको छ । एम.ए.सम्मको अध्ययन पूरा गर्नुभएकी कर्णले पत्रकारिताको क्षेत्रमा विशेष योगदान गरेवापत यसअघि वातावरणीय पत्रकारिता पुरस्कार–२०६७, मुक्तिनाथ रत्न पुरस्कार, २०७१ बाट सम्मानित हुनुभएको छ । प्रेस काउन्सिल महिला सशक्तिकरण पुरस्कार प्राप्त गर्नुभएकोमा पत्रकार मालाकुमारी कर्णज्यूलाई हार्दिक बधाई छ ।

११. कल्पना आचार्य, काठमाडौं
कल्पना आचार्यको जन्म सन् १९८२ जनवरी ६ मा बागेश्वरी–२, खजुरा बाँके जिल्लामा भएको हो । समाचार लेखन तथा सम्पादनको रुपमा डेढ दशकदेखि निरन्तर रेडियो तथा टेलिभिजनमा कार्यरत आचार्यले पत्रकारिता विषय शिक्षकको रुपमा १० वर्षको अनुभव संगाल्नुभएको छ । पत्रकारिता विषयमा स्नातकोत्तरसम्मको अध्ययन पूरा गर्नुभएकी आचार्यले रेडियो नेपाल , एभिन्यूज टिभी , माउन्टेन टिभी , स्टार एफएम लगायत थुप्रै पत्रपत्रिका, रेडियो , टेलिभिजनमा संलग्न रही लामो अनुभव बटुल्नुभएको छ । मिडिया क्षेत्रमा रही अध्ययन,अध्यापन, तालिममा प्रशिक्षण , कार्यक्रम उत्पादन तथा समाचार सम्पादनमा सक्रिय आचार्यले १५ बर्ष पहिले यङ् एशिया टेलिभिजनबाट पत्रकारिता सुरु गर्नुभएको हो । प्रेस काउन्सिल महिला सशक्तिकरण पुरस्कार प्राप्त गर्नुभएकोमा पत्रकार कल्पना आचार्यज्यूलाई हार्दिक बधाई छ ।

१२. मधु शाही, पाल्पा
पत्रकार मधु शाहीको जन्म वि.सं. २०४३ जेठ २९ गते अर्गली–३, पाल्पा जिल्लामा भएको हो । आमसञ्चार तथा पत्रकारिता विषयमा स्नातक तह सम्मको अध्ययन पूरा गर्नुभएकी शाहीले कान्तिपुर दैनिकमा रिपोर्टिङ् र गोरखा एफएममा कार्यक्रम सञ्चालन गर्दै आउनुभएको छ । प्रेस काउन्सिल महिला सशक्तिकरण पुरस्कार प्राप्त गर्नुभएकोमा पत्रकार मधु शाहीज्यूलाई हार्दिक बधाई छ ।

१३. अरुण बराल, काठमाडौं
अरुण वरालको पत्रकारिता क्षेत्रमा प्रवेश वि.सं. २०५६ सालदेखि ब्लास्ट टाईम्स दैनिक धरानबाट भएको हो । जनआस्था साप्ताहिकको सहसम्पादकको रुपमा सन् २०१३ सम्म कार्यरत बराल नेपालको नम्वर वान अनलाईन न्यूज पोर्टल अनलाईन खवर डट कमको सम्पादक हुनुहुन्छ । विशेषगरी राजनीति र कानुनी विधामा लेख् लेख्दै आउनुभएका बरालले कानुनमा स्नातक र राजनीतिशास्त्रमा स्नातकोत्तर सम्मको अध्ययन पूरा गर्नुभएको छ । बरालका कृतिहरुमा — माओवादीमा भुकम्प(२०६२), आलोक सहिद कि गद्दार(२०६३) र बाहुनवाद(२०६५) प्रकाशित छन् । प्रेस काउन्सिल सशक्त सञ्चारकर्मी पुरस्कार प्राप्त गर्नुभएकोमा पत्रकार अरुण बरालज्यूलाई हार्दिक बधाई छ ।

१४. प्रेमचन्द्र झा, रौतहट
पत्रकार प्रेमचन्द्र झाको जन्म वि.सं. २०२८ साल पुष ३ गते रौतहटमा भएको हो । वि.सं. २०५५ सालदेखि “रौतहट टाईम्स” साप्ताहिक पत्रिकाबाट पत्रकारिता पेशामा प्रवेश गर्नुभएको हो । प्रमाणपत्र तह सम्मको अध्ययन पूरा गर्नुभएका झाले प्रतिक दैनिक, नवयुगवाणी साप्ताहिक, नारायणी टुडे, तराई एक्सप्रेस साप्ताहिक, क्रान्तिद्वार दैनिक, रौतहट एफएम, क्यापिटल एफएम, रेडियो संस्कृति, न्यूज २४ टेलिभिजन, लगायतका छापा तथा बिद्युतीय माध्यममा रिपोर्टिङ् गरेर गहन अनुभव संगाल्नुभएको छ । नेपाल पत्रकार महासंघको रौतहट अध्यक्ष भै संस्थागत जिम्मेवारी समेत सम्हाल्नुभएको छ । प्रेस काउन्सिल सशक्त सञ्चारकर्मी पुरस्कार प्राप्त गर्नुभएकोमा पत्रकार प्रेमचन्द्र झाज्यूलाई हार्दिक बधाई छ ।

१५.मोहम्मद हारुन, नेपालगंज बाँके
पत्रकार मोहम्मद हारुनको जन्म वि.सं. २०२४ साल चैत्र १२ गते रामनगर–५, नेपालगंज बाँकेमा भएको हो । प्रविणता प्रमाणपत्र तहसम्मको अध्ययन पुरा गर्नुभएका हारुनले काठमाडौंबाट प्रकाशन हुने प्रकाश साप्ताहिक(२०४३), प्रतिपक्ष साप्ताहिक , जनता साप्ताहिक ,सौर्य साप्ताहिक, हलचल साप्ताहिक लगायत नेपालगंजबाट प्रकाशित नशेमन साप्ताहिकको सम्पादक र रेडियो रुवरु एफएम सञ्चालक समितिको अध्यक्ष रहेर पत्रकारितामा विशेष योगदान पु¥याउनुभएको छ । नेपाल पत्रकार महासंघ, नेपाल भारत पत्रकार फोरममा समेत आवद्ध हारुनले प्रवल गोरखा दक्षिण वाहु, भारतीय पत्रकार संघबाट पुरस्कृत हुनुभएको छ । प्रेस काउन्सिल सशक्त सञ्चारकर्मी पुरस्कार प्राप्त गर्नुभएकोमा पत्रकार मोहम्मद हारुनज्यूलाई हार्दिक बधाई छ ।

१६.सत्यनारायण चौधरी, सिरहा
पत्रकार सत्यनारायण चौधरीको जन्म वि.सं २०३२ साल मंसिर २४ गते भवानीपुर–९, सिरहा जिल्लामा भएको हो । समाचार तथा कार्यक्रम संयोजकको रुपमा सामुदायिक रेडियो समद लहानमा विगत ४ वर्षदेखि कार्यरत चौधरी स्थानीय पत्रपत्रिकाको साथै राजधानीवाट प्रकाशन हुने कमाण्डर पोष्टमा समेत रिपोर्टिङ् गर्दै आउनुभएको छ । एम.ए. , एम.एड. सम्मको अध्ययन पूरा गर्नुभएका चौधरीले थुप्रै रेडियो नाटक कार्यक्रममा सहभागि भई अनुभव बटुल्नुभएको छ । प्रेस काउन्सिल सशक्त सञ्चारकर्मी पुरस्कार प्राप्त गर्नुभएकोमा पत्रकार सत्यनारायण चौधरीज्यूलाई हार्दिक बधाई छ ।

१७.विजयसन्तोषी राई, धनकुटा
पत्रकार विजयसन्तोषी राईको जन्म वि.सं २०३२ साल भाद्र ३ गते चुनबाङ् वडा नम्वर ९ धनकुटा जिल्लामा पिता आनन्दसन्तोषी राई र माता जीवन राईको कोखबाट भएको हो । वि.सं. २०४८ सालबाट विमर्श साप्ताहिक , जनविश्वास साप्ताहिकमा समाचारदाताको रुपमा कार्य गरी पत्रकारितामा होेमिनुभएका राईले रासस , रेडियो नेपाल , ईमेज च्यानल तथा ईमेज टिभी ,कमाण्डर दैनिक , राजधानी दैनिक आदि पत्रपत्रिका ,रेडियो र टेलिभिजनको समाचारदाताको रुपमा समेत कार्य गर्नुभएको छ र धनकुटा साप्ताहिकमा डेढ दशकदेखि सम्पादकको रुपमा हालसम्म कार्यरत हुनुहुन्छ । पत्रकारिता क्षेत्रमा अनवरत लामो अनुभव बटुल्नुभएका राई नेपाल पत्रकार महासंघ धनकुटा शाखाको दुई कार्यकाल निर्वाचित अध्यक्ष र हाल नेपाल प्रेस युनियनको केन्द्रीय उपाध्यक्षमा निर्वाचित भै संस्थागत जिम्मेवारी बहन गर्नुभएको छ । प्रेस काउन्सिल समावेशी पत्रकारिता पुरस्कार प्राप्त गर्नुभएकोमा पत्रकार विजयसन्तोषी राईज्यूलाई हार्दिक बधाई छ ।

१८.सुनिता रेग्मी, गोरखा
पत्रकार सुनिता रेग्मीको जन्म वि.सं २०४० साल भाद्र ५ गते घ्यालचोक वडा नम्वर ५ गोरखा जिल्लामा भएको हो । वि.सं. २०६० सालदेखि जनादेश साप्ताहिकमा समाचारदाताको रुपमा काम गर्दै आउनुभएकी सुनिता रेग्मीे पत्रकारिता विषयमा स्नातक तहको अध्ययन गर्दै हुनुहुन्छ । २०६१ सालमा लमजुङ्मा रिपोर्टिङ्का वेला गोली लागि घाईते हुनुभएकी सुनिता कृष्णसेन अनलाईनमा कार्यरत हुनुहुन्छ । प्रेस काउन्सिल समावेशी पत्रकारिता पुरस्कार प्राप्त गर्नुभएकोमा पत्रकार सुनिता रेग्मीज्यूलाई हार्दिक बधाई छ ।

१९.दिनेश यादव, सप्तरी
पत्रकार दिनेश यादवको जन्म फकिरा गाविस–७, सप्तरीमा वि.सं २०२६ साल असोज २१ गते पिता रामेश्वर प्रसाद यादव र माता हजारीदेवी यादवको कोखबाट भएको हो । यादवले वि.सं. २०५२ सालबाट राजधानीका विभिन्न पत्रपत्रिकामा आवद्ध रही वि.सं. २०५९ सालबाट कान्तिपुर दैनिकको उपसम्पादकको रुपमा पत्रकारिता पेशा सुरु गर्नुभएको हो । स्नातकोत्तरसम्मको अध्ययन गर्नुभएका यादवले विभिन्न मान सम्मानबाट सम्मानित हुनुभएको छ । प्रेस काउन्सिल समावेशी पत्रकारिता पुरस्कार प्राप्त गर्नुभएकोमा पत्रकार दिनेश यादवज्यूलाई हार्दिक बधाई छ ।

२०.नेपोलियन चेपाङ्, चितवन
पत्रकार नेपोलियन चेपाङको जन्म वि.सं. २०४५ साल फाल्गुन २८ गते कोरक–३, जिमलिङ चितवनमा भएको हो । हाल पुतलीसडक काठमाडौंमा वसेर मिरर साप्ताहिकमा कार्यरत नेपोलियन चेपाङले यसअघि दामन पोष्ट साप्ताहिक, अप टु डेट साप्ताहिक, युगसम्वाद साप्ताहिक लगायतका छापा सञ्चारमाध्यममा कार्य गरी लामो अनुभव बटुल्नुभएको छ । पत्रकारितामा प्रविणता प्रमाणपत्र तहसम्मको अध्ययन पुरा गर्नुभएका चेपाङ् प्रेस चौतारी नेपालमा आवद्ध हुनुहुन्छ । प्रेस काउन्सिल समावेशी पत्रकारिता पुरस्कार प्राप्त गर्नुभएकोमा पत्रकार नेपोलियन चेपाङज्यूलाई हार्दिक बधाई छ ।

२१. भारती चौधरी, धनुषा
पत्रकार भारती चौधरीको जन्म वि.सं. २०३२ साल भाद्र ६ गते जनकपुरधाम,धनुषामा भएको हो । प्रविणता प्रमाण पत्र तहसम्मको अध्ययन पुरा गर्नुभएका चौधरीको पत्रकारिता , गायन र रेडियो कार्यक्रम सञ्चालन गर्ने बिशेष रुचि रहेको छ । रेडियो टुडे र टिभी टुडेमा समाचार वाचन समेत गर्दै आउनुभएको छ । प्रेस काउन्सिल समावेशी पत्रकारिता पुरस्कार प्राप्त गर्नुभएकोमा पत्रकार भारती चौधरीज्यूलाई हार्दिक बधाई छ ।

२२. अमन कोईराला, सर्लाही
पत्रकार अमन कोईरालाको जन्म वि.सं २०२८ साल बैशाख १० गते नेत्रगञ्ज गाविस–३, सर्लाही जिल्लामा भएको हो । १५ वर्षदेखि कान्तिपुर टेलिभिजनमा कार्यरत कोईरालाले कानुनमा स्नातक बिएल सम्मको अध्ययन पूरा गर्नुभएको छ । साथै कोईरालाले कान्तिपुर टिभी तथा एफएममा कार्य गरी छापा,विद्युतीय माध्यमको समेत लामो अनुभव बटुल्नुभएको छ । प्रेस काउन्सिल युवा सशक्तिकरण पुरस्कार प्राप्त गर्नुभएकोमा पत्रकार अमन कोईरालाज्यूलाई हार्दिक बधाई छ ।

२३. लक्ष्मण खड्का, दोलखा
पत्रकार लक्ष्मण खड्काको जन्म वि.सं २०३५ साल माघ १२ गते पिता ज्ञानेन्द्र वहादुर खड्का र माता गनमाया खड्काको कोखबाट भएको हो । शिक्षा संकायमा स्नातक तह सम्मको अध्ययन पूरा गर्नुभएका खड्काले हाम्रो रेडियो दोलखामा विगत आठ बर्षदेखि स्टेशन मेनेजरको रुपमा कार्यरत हुनुहुन्छ । न्यूज २४ टेलिभिजन, सगरमाथा टेलिभिजनका साथै नयाँ पत्रिकामा प्रारम्भदेखि नै रिपोर्टिङ् गर्दै आउनुभएका खड्काले सामुदायिक रेडियो प्रशारक संघको सदस्य रही पेशागत हकहितका लागि उल्लेखनीय योगदान पु¥याउनुभएको छ । प्रेस काउन्सिल युवा सशक्तिकरण पुरस्कार प्राप्त गर्नुभएकोमा पत्रकार लक्ष्मण खड्काज्यूलाई हार्दिक बधाई छ ।

२४.योगेश पोखरेल, काठमाडौं
पत्रकार योगेश पोखरेल विगत ८ बर्षदेखि दि राईजिङ् नेपालमा रिपोर्टरको रुपमा कार्य गर्दै आउनुभएको छ । पोखरेलले यसवाहेक बेरोजगार युवा आवाज मासिक, ग्रेट वे मासिक लगायतका पत्रपत्रिकामा कार्य गरेको अनुभव रहेको छ । नेपाल पत्रकार महासंघ गोरखापत्र संस्थानको उपाध्यक्ष रही पेशागत हकहितका लागि विशेष भूमिका निभाउदै आउनुभएका पोखरेलले अंग्रेजीमा स्नातकोत्तर सम्मको अध्ययन पूरा गर्नुभएको छ साथै मदन भण्डारी कलेजमा अंग्रेजी साहित्य विषय शिक्षकको रुपमा ३ बर्ष अध्यापन पनि गर्नुभयो । प्रेस काउन्सिल युवा सशक्तिकरण पुरस्कार प्राप्त गर्नुभएकोमा पत्रकार योगेश पोखरेलज्यूलाई हार्दिक बधाई छ ।

२५.त्रिभूवन पौडेल, कास्की
पत्रकार त्रिभूवन पौडेलको जन्म वि.सं २०४३ साल भदौ ५ गते पिता स्वर्गीय डिल्लीराम पौडेल र माता पबित्रा पौडेलको कोखबाट भएको हो । राष्ट्रिय स्वाभिमान साप्ताहिकमा वि.सं.२०५८ सालबाट र रेडियो अन्नपूर्ण पोखरामा वि.सं. २०५९ सालबाट रिपोर्टिङ् गरेर पत्रकारिता पेशा सुरु गर्नुभएका पौडेलले हिमाल खबरपत्रिकामा समेत वि.सं. २०६१ सालदेखि संवाददाताको रुपमा पत्रकारिता गर्नुभएको छ । हाल विभिन्न पेशागत संगठन क्रान्तिकारी पत्रकार संघ कास्कीको अध्यक्ष , नेपाल पत्रकार महासंघ कास्की शाखाको सचिव, नेपाल–रसिया प्रेस क्लबको अध्यक्ष रही संस्थागत जिम्मेवारी समेत सम्हाल्नुभएको छ । साथै पौडेल पोखरा हटलाईनमा प्रकाशक तथा सम्पादकको रुपमा वि.सं.२०५९ देखि हालसम्म निरन्तर कार्यरत हुनुहुन्छ । प्रेस काउन्सिल युवा सशक्तिकरण पुरस्कार प्राप्त गर्नुभएकोमा पत्रकार त्रिभूवन पौडेलज्यूलाई हार्दिक बधाई छ ।

२६. मुकेशचन्द्र राजभण्डारी, बाग्लुङ्
पत्रकार मुकेशचन्द्र राजभण्डारीको जन्म वि.सं २०३० साल कार्तिक २९ गते पिता लालचन्द्र राजभण्डारी र माता शोभा राजभण्डारीको कोखबाट भएको हो । प्रविणता प्रमाणपत्र तह सम्मको अध्ययन गर्नुभएका राजभण्डारीले बाग्लुङ साप्ताहिकमा २०५५ सालबाट रिपोर्टिङ् गरेर पत्रकारिता पेशा सुरु गर्नुभएको हो । ढोरपाटन दैनिक, समावेशी मासिक, निलगिरी सन्देश साप्ताहिकमा सम्पादकको जिम्मेवारी सम्हाल्दै नेपाल पत्रकार महासंघ बाग्लुङ् शाखाको अध्यक्षमा निर्वाचित रहेर पत्रकारिताको संस्थागत विकास लाग्नुभएको थियो । प्रेस काउन्सिल सशक्त लेखन पत्रकारिता पुरस्कार प्राप्त गर्नुभएकोमा पत्रकार मुकेशचन्द्र राजभण्डारीज्यूलाई हार्दिक बधाई छ ।

२७.सत्रुघन नेपाल, वीरगंज पर्सा
पत्रकार सत्रुघन नेपालको जन्म वि.सं २०२६ साल चैत्र २५ गते वीरगन्जको पर्सामा भएको हो । प्रविणता प्रमाणपत्र तह सम्मको अध्ययन गर्नुभएका नेपालले प्रतिक दैनिकको सम्पादक पदमा कार्यरत हुनुहुन्छ । वि.सं. २०४७ सालदेखि देशान्तर साप्ताहिकबाट पत्रकारिताको यात्रा सुरु गर्नुभएका नेपालले विभिन्न पत्रपत्रिका, टेलिभिजन, एफएम रेडियोमा संलग्न रही लामो गहन अनुभव बटुल्नुभएको छ । प्रेस काउन्सिल सशक्त लेखन पत्रकारिता पुरस्कार प्राप्त गर्नुभएकोमा पत्रकार सत्रुघन नेपालज्यूलाई हार्दिक बधाई छ ।

२८.राजकुमार कुँवर, जुम्ला
पत्रकार राजकुमार कुँवरको जन्म वि.सं २०४३ साल साउन १७ गते तम्ती गाविस वडा नम्वर १ जुम्लामा भएको हो । वि.सं. २०५७ सालमा सुर्खेत पोष्ट साप्ताहिकमा प्रथम पटक निवन्ध प्रकाशन गरेर पत्रकारिता पेशामा प्रवेश गर्नुभएका कुँवरले वि.सं. २०५८ सालदेखि जनादेश साप्ताहिकमा आवद्ध भै भूमिगत जीवनमा पत्रकारिताको अभ्यास थालनी गर्नुभएको हो । काञ्जिरोवा पाक्षिक, उद्घोष साहित्यिक त्रैमासिक, कर्णाली मासिक, बेदना साहित्यिक त्रैमासिक लगायतका पत्रपत्रिका र म्यागेजिनहरुमा अनवरत रुपमा जिम्मेवारी सम्हाल्दै आउनुभएका कुँवरका युद्धरत सगरमाथा (२०६६) र कर्णाली वर्गसंघर्षको आँखीझ्यालबाट (२०६९) आदि कृतिहरु प्रकाशित छन् । गजलका सर्जक कुँवरले वि.सं. २०६३ सालमा बाग्लुङ्मा आयोजित राष्ट्रिय गजल प्रतियोगितामा प्रथम स्थान हाशिल गर्नुभएको थियो । प्रेस काउन्सिल सशक्त लेखन पत्रकारिता पुरस्कार प्राप्त गर्नुभएकोमा पत्रकार राजकुमार कुँवरज्यूलाई हार्दिक बधाई छ ।

२९.रत्नप्रसाद आचार्य, सुनसरी
पत्रकार रत्नप्रसाद आचार्यको जन्म वि.सं. २०३९ साल जेठ १९ गते दिक्तेल–३, खोटाङमा पिता रुद्रप्रसाद आचार्य र माता चन्द्रमाया आचार्यको कोखबाट भएको हो । हाल धरान सुनसरीमा वसेर अन्नपूर्ण पोष्ट, इमेज च्यानेल, ईमेज एफएममा रिपोर्टिङ गर्दै आउनुभएका आचार्यले प्रविणता प्रमाण पत्र तहसम्मको अध्ययन पुरा गर्नुभएको छ । विगत डेढ दशकदेखि पत्रकारिता पेशा अंगाल्नुभएका आचार्यले यसअघि नेपाल समाचारपत्र, नेपाल टेलिभिजन, द हिमालयन टाईम्स, नौलो विचार साप्ताहिक र कोशी एफएममा समेत कार्य गरी अनुभव संगाल्नु भएकोे छ । प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार प्राप्त गर्नुभएकोमा पत्रकार रत्नप्रसाद आचार्यज्यूलाई हार्दिक बधाई छ ।

३०.टङ्क कुँवर, कैलाली
पत्रकार टङ्क कुँवरको जन्म वि.सं. २०३९ साल कार्तिक २५ गते धनगढी कैलालीमा भएको हो । समावेशी मासिकको सहसम्पादक र बिन्तिपत्र दैनिकको सम्पादन सहयोगी भई पत्रकारिता गर्दै आउनुभएका कुँवरले प्रविणता प्रमाण पत्र तहसम्मको अध्ययन पुरा गर्नुभएको छ । प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार प्राप्त गर्नुभएकोमा पत्रकार टङ्क कुँवरज्यूलाई हार्दिक बधाई छ ।

३१.शिवदयाल यादव, सिरहा
पत्रकार शिवदयाल यादवको जन्म वि.सं २०४५ साल असार १२ गते राजपुर—४ सिरहामा भएको हो । विज्ञान विषयमा आईएस्सी सम्मको अध्ययन पूरा गर्नुभएका यादवले रेडियो नेपालको सिरहा समाचारदाता र रेडियो सल्हेश सिरहामा समाचार प्रमुखको जिम्मेवारी सम्हाल्दै रेडियोको लागि कार्यक्रम उत्पादन तथा कार्यक्रम सञ्चालन गर्दै आउनुभएको छ । प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार प्राप्त गर्नुभएकोमा पत्रकार शिवदयाल यादवज्यूलाई हार्दिक बधाई छ ।

३२. इन्द्रप्रसाद पौडेल, कास्की
पत्रकार इन्द्रप्रसाद पौडेलको जन्म वि.सं २०३४ साल असोज २६ गते ढिकुरपोखरी गाविस वडा नं. ८ कास्कीमा पिता हरिलाल पौडेल र माता मुवादेवी पौडेलको कोखबाट भएको हो । हटलाईन दैनिक, समाधान दैनिकबाट पत्रकारिता पेशा सुरु गर्नुभएका पौडेल हाल विभिन्न संगठन नेपाल पत्रकार महासंघ, नेपाल फोटो पत्रकार समूह, नेपाल रेडक्रस सोसाइटी लगायतमा आवद्ध हुनुहुन्छ । पत्रकारिता, अवलोकन भ्रमण, फोटो तथा भिडियोग्राफीमा विशेष रुचि राख्ने पौडेलले भारत , थाइल्याण्ड, मलेसिया र सिङ्गापुर भ्रमण गर्नुभएको छ । जोखिमपूर्ण साहसिक रिपोर्टिङ् गर्दै आउनुभएका पौडेलले थुप्रै सम्मानहरु प्राप्त गर्नुभएको छ । प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार प्राप्त गर्नुभएकोमा पत्रकार इन्द्रप्रसाद पौडेलज्यूलाई हार्दिक बधाई छ ।

३३. दुर्गा अधिकारी, कास्की
मोफसलमा रहेर रेडियो मार्फत आवाज विहीनहरुको आवाज मुखरित गरी पत्रकारिता क्षेत्रका पुर्याउनु भएको योगदानको कदर स्वरुप प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार प्राप्त गर्नुभएकोमा पत्रकार दुर्गा अधिकारीज्यूलाई हार्दिक बधाई छ ।

३४. वासु क्षितिज, काठमाडौं
कार्टुन लेखनी मार्फत पत्रकारिता क्षेत्रका पुर्याउनु भएको योगदानको कदर स्वरुप प्रेस काउन्सिल सशक्त लेखन पत्रकारिता पुरस्कार प्राप्त गर्नुभएकोमा पत्रकार वासु क्षितिजज्यूलाई हार्दिक बधाई छ ।

३५. कौशल चेम्जोङ लिम्बु, उदयपुर
पत्रकार कौशल चेम्जोङ लिम्बुको जन्म त्रियुगा नगरपालिका वडा नं. ३ गाईघाट उदयपुरमा वि.सं २०२३ साल बैशाख ५ गते स्वर्गीय सर्वजित लिम्बु र स्वर्गीय भीमकुमारी चेम्जोङको कोखबाट भएको हो । दृष्टि साप्ताहिकमा वि.सं २०४५ सालवाट पत्रकारिता शुरु गर्नुभएका लिम्बुले स्नातकसम्मको अध्ययन गर्नुभएको छ । टंकेला साप्ताहिक गाईघाट , ब्लास्ट दैनिक धरान , स्पेशटाईम दैनिक , रेडियो नेपाल , च्यानेल नेपाल लगायतका पत्रपत्रिका तथा बिद्युतीय सञ्चारमाध्यमको प्रकाशन , सम्पादन र प्रसारणमा सक्रिय संलग्न रहँदै आउनुभएको छ । केही वर्ष त्रियुगा जनता बहुमूखि क्याम्पसमा पत्रकारिता विषयमा अध्यापन गर्नुभएका लिम्बु रेडियो त्रियुगा र जनआस्था साप्ताहिकमा स्थापनाकालदेखि हालसम्म कार्यरत रहनुभएको छ । प्रेस स्वतन्त्रता सेनानी , मधेशी मिडिया मिसन , गम्भीर साहित्य प्रतिष्ठान , आदिवासी जनजाती पत्रकार महासंघ लगायतका सम्मान , पदवी प्राप्त गर्नुभएका लिम्बुले चीन र भारत भ्रमण गर्नुभएको छ । लिम्बुका जीवनका रङगहरु कथासंग्रह,२०७० , भूत लघुकथा संग्रह ,उदयपुर जिल्लाको पर्यटन विकास, संभावना र चुनौती नामक पुस्तक प्रकाशित छन् । प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार प्राप्त गर्नुभएकोमा पत्रकार कौशल चेम्जोङ लिम्बुज्यूलाई हार्दिक बधाई छ ।

Comments :

    Facebook Comment