Sanchargram, Kathmandu info@presscouncilnepal.gov.np

प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष बस्नेतसंग भेटघाट

magh24काठमाडौं÷काउन्सिलका पूर्व अध्यक्ष तथा सदस्यहरुसंग भेटघाट र छलफल गर्ने सिलसिलामा मिति २०७२ माघ २४ गते आईतबार काउन्सिलका पूर्व अध्यक्ष श्री सुरेन्द्रवहादुर बस्नेतज्यूसंग भेटघाट र छलफल कार्यक्रम सम्पन्न भयो ।
भेटमा पूर्व अध्यक्ष बस्नेतले आफू प्रेस काउन्सिल नेपाल मार्फत मिडियाको क्षेत्रमा केही गर्न इच्छुक रहेको धारणा राख्नुभएको थियो । साथै जीवनका सफलतापूर्ण कार्यहरुको वेलीविस्तार गर्नुहुँदै पूर्व अध्यक्ष वस्नेतले नेपालीको लागि कृषि पेशा महत्वपूर्ण हुने र आफू अहिले पनि त्यसमा संलग्न रहेको वताउनुभयो ।
जहाँ पाइलो टेक्यो, त्यहाँ सफलता चुम्नुभएका बस्नेतले संवैधानिक निकाय, कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका राज्यका सवै अङ्गमा प्रतिनिधित्व गर्नुभएको थियो ।
शिक्षामन्त्री, अर्थमन्त्री, लगायत ६ वटा मन्त्रालयको जिम्मेवारी बहन गरिसक्नुभएका भोजपुर दिङगला स्थायी निवासी वस्नेत प्रेस काउन्सिल नेपालको २०२७ सालमा संस्थापक अध्यक्ष हुनुहुन्थ्यो । त्यसैगरी सर्वोच्चको न्यायाधीस, प्रथम प्रमुख निर्वाचन आयुक्त समेत हुनुभएको थियो । पेशाको रुपमा भन्दा सेवाको रुपमा राज्यका सवै निकायमा आफूले काम गरेको वताउनुभएका वस्नेतले पत्रकारका पुरस्कार स्थापना गरी प्रोत्साहन गर्न चाहेको र सो को लागि काउन्सिल सँग सहयोगको अपेक्षा गर्नुभएको छ । सो अवसरमा काउन्सिलका अध्यक्ष कार्कीले यस विषयमा सहयोग गर्न काउन्सिल तयार रहेको बताउनु भएको थियो ।
सो अवसरमा प्रेस काउन्सिल नेपालका अध्यक्ष श्री बोर्णवहादुर कार्कीले आफूहरु काउन्सिलका पूर्व अध्यक्ष तथा सदस्यहरुसंग भेटघाट र छलफले गर्ने, अनुभव आदान प्रदान गर्ने र प्रेस काउन्सिललाई सशक्त वनाउनतर्फ लागेको धारणा राख्नुभएको थियो ।
प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत श्री झविन्द्र भुसालले भुगोल, लैङ्गिक, जातीय र स्वस्थ पत्रकारितामा योगदान दिनुहुने पत्रकार तथा सञ्चारमाध्यमलाई हरेक वर्ष गोपालदास राष्ट्रिय पत्रकारिता पुरस्कार लगायत अन्य पुरस्कार वितरण गर्दै आएको वताउनुभएको थियो ।

Comments :

    Facebook Comment