Sanchargram, Kathmandu info@presscouncilnepal.gov.np

आचारसंहिता कानुनी बल

magh18काठमाडौं÷प्रेस काउन्सिल नेपाल र अनलाइन पत्रकार संघको आयोजनामा राजधानीमा माघ १८ गते अनलाइन पत्रकारिता र आचारसंहिता विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्नुहुँदै प्रशासकीय अदालतका प्रमुख तथा कानुनविद् श्री काशीराज दाहालले संविधान, कानुन भन्दा माथि न्याय हुने र न्याय भन्दा अझमाथि नैतिकता हुने भएकोले संविधानमा व्यवस्था नभएका केसको हकमा फैसला गर्दा नैतिक मान्यतालाई आधार लिइने गरेको थुप्रै उदाहरणहरु सुनाउनुभयो । अहिले नेपाली समाजमा सार्वजनिक नैतिकता धेरै खस्केको भन्दै दाहालले क्षेत्रगत आचारसंहिता वनाउनुपर्नेमा समेत जोड दिनुभयो ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष श्री वोर्णवहादुर कार्कीले कानुनको अभावमा व्यवस्थित र प्रभावकारी नियमन नभएपनि केही कार्यविधि वनाएर अनलाईनको सूचिकरण गर्न थालिएको वताउनुभयो । अनलाइन पत्रकारिता सुरुवाती चरणमा रहेकोले धेरै कमी कमजोरी र अव्यवस्थित भएको, सन्तुलित विकास हुन नसकेको उहाँको धारणा थियो —“नेपालको सन्दर्भमा काउन्सिलवाट जारी पत्रकार आचारसंहिता कानुनी दस्तावेजको रुपमा रहेको सवैले बुझ्न जरुरी छ । ”

सो अवसरमा त्रि.वि.का उप—प्राध्यापक श्री ऋषिकेष दाहालले प्रस्तुत गर्नुभएको कार्यपत्र “अनलाइन पत्रकारिता र आचारसंहिता”माथि सहभागीहरुवीच अन्तरक्रिया भएको हो । नेपाल पत्रकार महासंघका अध्यक्ष श्री डा. महेन्द्र विष्टले अनलाइन पत्रकारिता मूलधारको प्रभावशाली पत्रकारिता माध्यम भएको वताउँदै कपी पेस्टले हैरानी पारेको र यसको लागि पत्रकार आचारसंहिताको पुनरावलोकन जरुरी भएको धारणा व्यक्त गर्नुभएको थियो ।

कार्यपत्रमाथि टिप्पणी गर्दै पत्रकार श्री प्रतिक प्रधानले मिडियामा कपीपेस्ट गर्ने विषय र अश्लिल एवम् विभत्सको विषयमा स्पस्ट मापदण्ड हुनुपर्ने र अनलाइनलाई छुट्टै पत्रकारिताको रुपमा नलिई पत्रकार आचारसंहिताकै जगमा चल्नुपर्ने वताउनुभएको थियो ।

अनलाइन पत्रकार संघका अध्यक्ष श्री प्रवेश सुवेदीले कार्यक्रमको उदेश्यमाथि प्रकाश पार्नुभयो भने काउन्सिलका सूचना प्रविधि अधिकृत श्री रामशरण वोहराले अनलाइन माध्यमहरुको अहिलेको अवस्थावारे समीक्षा गर्नुभयो ।

 

Comments :

    Facebook Comment