Sanchargram, Kathmandu info@presscouncilnepal.gov.np

पत्रकारिता क्षेत्रको अनुगमन, नियमन गर्ने एकमात्र निकाय

       काउन्सिलका अध्यक्ष श्री वोर्णवहादुर कार्कीको अध्यक्षतामा सम्पन्न सो नेपाल पत्रकार महासंघका अध्यक्ष डा.महेन्द्र विष्टले विषयवस्तुमा केन्द्रित रही अनलाइनका सम्पादक तथा रिपोर्टरहरुसंग बेला बेलामा छलफल गरेको ,अनलाइन माध्यम प्रभावकारी हुँदाहुँदै पनि थुप्रै गल्ती भेटिएको, अनलाइनमा आवद्ध व्यक्तिहरु पेशागत व्यवसायी बन्न नसकेको वताउनुभयो । पेशागत पत्रकारहरुलाई संरक्षण गर्ने उहाँको धारणा थियो ।

       नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष शिव गाउँलेले मूलधारका अनलाइन गल्ती थाह पाउनासाथ अयचचभअतष्यल गर्दछन् , समस्या देखिंदैन । विपद्को अवस्थामा समाचार पस्कने विषयमा बेदनाका खबर वढी पस्केर हामी चुकेको हो कि ? हामीले टेक्ने धर्ति हल्लिएको वेला कसैको सहयोगी बनेनौं कि ? यस्तो वेला राजनीतिक सौदावाजीका कुjeth18राले प्राथमिकता पाउने जस्ता विषय वहसको कुरो भएको वताउदै कार्यक्रम आयोजना गर्ने काउन्सिल प्रति आभार व्यक्त गर्नुभयो । नेपाल पत्रकार महासंघका उपाध्यक्ष खिलवहादुर भण्डारीले मिडियाका कारण उपत्यका वाहिरका आम जनतामा मानसिकता वदलेको र काठमाडौं सवै खत्म भयो भन्ने सन्देश गएकोमा मिडिया चुकेको वताउनुभयो ।

       त्यस्तै सुचना विभागका महानिर्देशक लक्ष्मीविलास कोईरालाले विपद्को वेलाको अनुभव सुनाउँदै व्यक्तिगत र सामुहिकरुपमा हतोत्साही पार्ने कुरा पत्रकारले गर्न नहुने धारणा राख्नुभयो ।
      काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसालले हालसम्म १५२ अनलाइन काउन्सिलमा दर्ता भैसकेको साथै अनलाइन लगायतका मिडियामा अनुगमन भैरहेको कुरा जानकारी गराउनुभयो । अधिवक्ता बावुराम अर्यालले अनलाइनको बिषयवस्तु सम्वन्धि हेर्ने कुरामा सार्वजनिक अपराध ऐन, गाली वेइज्जती ऐन अन्तर्गत प्रहरी निकायवाट निगरानीमा रहेको , पत्रकारिताको पाटोवाट नहेरिएको धारणा व्यक्त गर्नुभयो । अनलाइनलाई व्यवस्थित हुन जरुरी रहेको वताउनुभएको थियो ।
       अनलाइन खवर डट कमका अरुण वरालले विपद्का वेला के , कसरी , कस्तो सूचना पस्कने भन्नेमा अल्मलिएको वताउँदै आर्थिक संकटका वेला हरेकका हात–हातमा रहेको दीगो माध्यमले अवका दिनमा प्रमुख प्रतिपक्षको भूमिका निभाउने अनलाइनलाई सचेत र स्तरवृद्धि गर्न काउन्सिलले ध्यान दिन जरुरी रहेको धारणा राख्नुभयो । साझापोष्ट डट कमका सुदर्शन खतिवडाले अनलाइनमा प्रहरी निगरानी र नियन्त्रण हावी भएको वताउनुभयो । एक्सप्रेस खवर डट कमका भवानी भण्डारीले असंख्य फैलिएका अनलाइनको व्यवस्थापन गर्न ढिलो भैसकेको धारणा राख्नुभयो ।
       आजको खवर  डट कमका सम्पादक डिल्लीरमण सुवेदीले अनलाइनलाई व्यवस्थित बनाउन काउन्सिलले आवश्यक कानुन , संहिता र दर्ता प्रक्रियामा जोड दिनुपर्ने वताउनुभयो । नेपाल दुवई डट कमका सम्पादक दामोदर नेपालले विदेशमा रहेकाको लागि अनलाइन प्रभावकारी माध्यम बनेको वताउँदै कपीपेस्ट गर्ने संस्कारवाट उम्कन अनुगमन र तालिम आवश्यक रहेको धारणा राख्नुभएको थियो । सरोकार डट कमका सह सम्पादक पल्लभ पन्त ,महिला न्यूज डट कमका दुर्गा लामिछाने लगायतको सहभागीहरुले विषयवस्तुमा संवेदनशील वन्नुपर्ने धारणा राखेका थिए । कार्यक्रममा विभिन्न अनलाइन सम्वद्ध पत्रकार , बरिष्ठ पत्रकार , कानुन विज्ञ लगायतका ३ दर्जनको सहभागिता रहेको थियो ।

काठमाडौं ÷ काउन्सिल नेपाल मिडिया संवाद उपसमितिको आयोजनामा “ अनलाइन पत्रकारिता र बिपद्काल ” विषयक मिडिया सम्वाद कार्यक्रम २०७२ साल जेठ १८ काउन्सिलको सभाहलमा सम्पन्न भयो । कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष श्री वोर्णवहादुर कार्कीले अनलाइन मिडियालाई संरक्षण र सम्वद्धनको खाँचो रहेको ,नयाँ रुपमा भर्खरै उदाएको अनलाइन मिडियालाई जवाफदेही र उत्तरदायी वनाउन काउन्सिल लागेको वताउँदै कार्यक्रमको उदेश्यमाथि प्रकाश पार्दै भन्नुभयो —“ पत्रकारिता क्षेत्रको अनुगमन , नियमन गर्ने तथा media को content माथि अनुगमन गर्ने काउन्सिलवाहेक अरु हुन सक्दैन ।” भुकम्पले जनताको मनोवल गिरेको अवस्थामा पुर्ननिर्माणका लागि जिम्मेवारपूर्ण भई लाग्न आग्रह गर्नुभयो । औपचारिकरुपमा सञ्चालन गरिएको कार्यक्रम दिउँसो १ बजे सुरु भई साढे तीन वजे सम्पन्न भएको थियो ।

Comments :

    Facebook Comment