Sanchargram, Kathmandu info@presscouncilnepal.gov.np

छापा/विद्युतीय मिडियाको अनुगमन प्रक्रिया राजधानीवाट

     उक्त कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष वोर्णवहादुर कार्कीले कार्यक्रमको उदेश्यमाथि प्रकाश पार्दै अभिभावक संस्था काउन्सिलले साना मिडियामा देखिएका समस्याको पहिचान र समाधानका लागि आवश्यक रायसुझावको अपेक्षा राखेको बताउनुभयो । साना लगानीका छापासञ्चारमाध्यमलाई संरक्षण र सम्वद्धनको खाँचो रहेको , राहात र पुर्ननिर्माasar4णमा राज्यको भूमिका फितलो देखिएकोले यसलाई प्रभावकारी वनाई विपत्तिवाट जनताको गिरेको मनोवल जोगाउन  पत्रकारहरु सशक्त रुपमा लाग्न जोड दिनुभयो । साथै  विद्वान वर्गको परामर्श लिई अघि वढ्नुपर्ने वेला आएको वताउनुहुँदै अध्यक्ष कार्कीले अन्य क्षेत्रजस्तै पत्रकार जगत्ले ठुलो क्षति व्यहोरेको र यस्तो कठीन परिस्थितिमा पनि पत्रकारहरुको भूमिका सराहनीय रहेको धारणा राख्नुभयो । पत्रकारिता क्षेत्रमा खासगरी छापामाध्यमको आफ्नै विशिष्ठ योगदान रहेको र केही कमीकमजोरीका कारण संवेदनशीलतालाई ध्यान नदिई जनमानसमा हुन गएको मानसिक पीडालाई कम गर्न , प्रेसलाई जिम्मेवार वनाउन  , प्रेसको संरक्षण गर्न प्रेस काउन्सिलले छापा तथा विद्युतीय मिडियाको अनुगमन प्रक्रिया राजधानीवाट सुरु गरिसकेको र यथासक्य प्रेस परीक्षाको व्यवस्था गर्ने , पत्रकारको वर्गीकरण गर्ने कुरा प्रष्ट पार्नुभएको थियो ।

     मिडिया सम्वाद उपसमिति संयोजक तथा नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष खिलवहादुर भण्डारीले कार्यक्रमको संयोजन गर्नुभएको उक्त कार्यक्रममा मनोविद् परामर्शदाता प्रेमनारायण भुसालले यसअघि यस्तो प्रकारको ठूलो विपत्ति हाम्रो पुस्ताले नव्यहोरेकोले पनि मिडियाको भूमिकामा केही मात्रामा कमी कमजोरी देखिएको वताउँदै मिडियाकै कारण राहात र उद्धार कार्य भएका प्रशस्तै उदाहरण रहेको वताउनुभयो । मनोविद् भुसालले विदेशी मिडियाले खेलेको भूमिका दुःखद रहेको , मानवीय संवेदनाको पक्ष ख्याल नगरेकै कारण भूकम्पले प्रभावित भएका व्यक्तिहरुमा मानसिक समस्या धेरै मात्रामा देखापरेको वताउनुभयो ।
      नेपाल पत्रकार महासंघका अध्यक्ष डा.महेन्द्र विष्टले समाज वहुलवादी विशेषतायुक्त रहेकोले स्थानीय मिडियाको आवश्यकता नकार्न नहुने वताउँदै इतिहासदेखि नै स्थानीयस्तरसम्म पुगेर स्थानीय मुद्धाको उठान गर्ने साना लगानीका मिडियाको भूमिका महत्वपूर्ण रहेको वताउनुभयो । अपवाद वाहेक नेपाली मिडियाको भूमिका सशक्त रहेको तर सार्वभौमसत्तामा खलल् पुग्ने गरी केही भारतीय मिडियाले नकारात्मक भूमिका खेलेको र विदेशी सेनाले मनपरी गरेको वताउनुभयो । समानुपातिक विज्ञापन नीति कार्यान्वयन ल्याउने प्रक्रियामा अदालतवाट रोकिएको वताउँदै महासंघले पत्रकारका हकहितका पक्षमा केही नगरेको भन्नु जायज नहुने धारणा राख्नुभयो ।
       प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झविन्द्र भुसालले विद्युतीय तथा पत्रपत्रिकाको अनुगमनको सुरुवात भईसकेको वताउनुभएको साथै आर्थिक वर्ष ०६९÷०७० को वर्गीकरणको नतिजा यसै महिनाभित्र आउने , आगामी वर्ष यो कार्यलाई प्रभावकारी रुपमा अघि बढाइने , ग्याप नहुने धारणा राख्नुभएको थियो ।
       नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका अध्यक्ष गोविन्द चौँलागाईंले समस्याको पहिचान गरी सवैले समन्वय गर्दै सकारात्मक सोचका साथ अघि बढ्नुपर्ने र विपद्को अवस्थामा प्रेस बन्द भएकै कारण छिटफुट अङ्क पत्रिका प्रकाशन नहुँदा सरकारले लोककल्याणकारी विज्ञापनवापत दिने रकम कटौती गरेकोमा आपत्ति व्यक्त गर्दै घर भत्केकालाई राहातको व्यवस्था गर्न आग्रह गर्नुभयो ।
     अभियान साप्ताहिकका सम्पादक देवेन्द चुँडालले पत्रकारहरुको वर्गीकरण , समानुपातिक विज्ञापन नीति कार्यान्वयन र पत्रपत्रिकाको वर्गीकरण समयमै हुनुपर्ने  वताउनुभयो ।
       दैनिक पत्रिका राष्ट्रिय सञ्जालका अध्यक्ष जेपी गुप्ताले समानुपातिक विज्ञापन नीति कार्यान्वयन नहुँदा साना पत्रपत्रिका मारमा परेको वताउनुभयो ।
       डा. केशव देवकोटाले हाम्रा अभिभावक संस्थाहरु पञ्चायती संरचनावाट मुक्त नभएको धारणा राख्नुभएको थियो । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य इश्वरी वाग्ले,महासंघ ललितपुर शाखाका अध्यक्ष लेखनाथ न्यौपाने , सिटी पोष्ट दैनिकका नेत्रप्रसाद न्यौपाने ,जनधारणा साप्ताहिकका निमकान्त पाण्डे लगायतले काउन्सिललाई अमूल्य सुझाव पेश गर्नुभएको थियो । कार्यक्रममा ४५ जना पत्रकारहरुको सहभागिता रहेको थियो । कार्यक्रममा साना लगानीका पत्रपत्रिकाको अवस्था दयनीय रहेको मूल्याङ्न गर्दै र यसको संरक्षण गर्नु निष्कर्ष भएको वताउनु हुँदै अध्यक्ष कार्कीले कार्यक्रमको समापन गर्नुभएको थियो ।

काठमाडौं/प्रेस काउन्सिल नेपाल मिडिया सम्वाद उपसमितिको आयोजनामा “ बिपद्कालमा साना लगानीका मिडियाको अवस्था र भूमिका ” बिषयक एक दिने मिडिया सम्वाद कार्यक्रम राजधानीमा असार ४ गते सम्पन्न भएको छ ।

Comments :

    Facebook Comment