Sanchargram, Kathmandu info@presscouncilnepal.gov.np

पत्रकारको योग्यता र वर्गीकरण गर्नुपर्नेमा जोड

magh15aकाठमाडौं÷बढ्दो आचारसंहिता उल्लङ्घनका घटनाहरुलाई नियन्त्रण गर्ने र प्रेस जगत्लाई व्यवस्थित गर्दै लैजाने सम्वन्धमा पत्रकारको योग्यता र बर्गीकरण गर्ने विषयमा माघ १५ गते अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
प्रेस काउन्सिल नेपालका अध्यक्ष श्री वोर्णवहादुर कार्कीले प्रेस जगत् अति संवेदनशील क्षेत्र भएकोले यस क्षेत्रमा संलग्न हुने सवै हरहिसावले योग्य हुनुपर्नेमा जोड दिँदै भन्नुभयो–“ कानुन व्यवसाय गर्न, औषधि व्यवसाय गर्न, शिक्षण गर्न, चालक वन्न विशेष योग्यता चाहिन्छ, परीक्षा पास गर्नुपर्छ भने पत्रकारिता गर्न किन पत्रकार लाइसेन्स नलिने ?” पत्रकारिता हिजो मिसन थियो अहिले व्यावसायिक छ । यसलाई व्यवस्थित, मर्यादित र स्वस्थ बनाउन काउन्सिलले सरोकारवालाहरुसंग वृहत छलफल गरी प्रेस परीक्षाको व्यवस्था गर्न लागेको जानकारी अध्यक्ष कार्कीले दिनुभयो ।
कार्यक्रममा वोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष तथा काउन्सिलका सदस्य श्री डा.महेन्द्र विष्टले शैक्षिक प्रमाणपत्र र तालिम दुवै हुनुपर्ने र काउन्सिलले थालेको प्रयासमा महासंघको भरपुर सहयोग रहने धारणा राख्नुभएको थियो ।
सर्वोच्च अदालतका पूर्व रजिष्टार श्री डा. रामकृष्ण तिमिल्सेनाले तयार पार्नुभएको पत्रकारको योग्यता निर्धारण र वर्गीकरण ः समसामयिक सन्दर्भ, शीर्षकको कार्यपत्रमा छलफल चलेको थियो । डा. तिमिल्सेनाले राजनीति गर्नेहरुको पनि योग्यता र उमेरको हद तोक्नुपर्ने भन्दै पत्रकारिता पेशाको लागि त झन् यो काम ढिला भईसकेको वताउनुभयो । पढेकाहरु मात्र योग्य भन्ने हुँदैन तर व्यवस्थित गर्नका लागि यस्ता विधि, नियम बनाईनु अत्यावश्यक छ ।
कार्यक्रममा धैरैजसो सहभागीले पत्रकारको योग्यता र क्षमताको परीक्षा लिनुपर्ने र अनुमति प्राप्त गर्नुपर्ने व्यवस्था छिटो लागू गर्नुपर्ने साथै पत्रकार महासंघ तथा सूचना विभागवाट प्रदान गरिएका परिचय पत्रको व्यापक शुद्धिकरण अभियान थालेमा नेपालको प्रेस जगत् मर्यादित, व्यवस्थित र जिम्मेवारपूर्ण हुने, मिडिया लगानीकर्ताको लागि विशेष मापदण्ड तयार गर्नुपर्ने, सञ्चारगृहमा काम गर्ने को को पत्रकार हुन् ? को को कर्मचारी हुन् ? छुट्टयाउनुपर्ने, साथै पत्रकारको स्तर निर्धारण गर्ने जस्ता बहुआयामिक पक्षवारे छलफल चलेको थियो ।

पत्रकारितामा अनेकन विकृति मौलाएकोमा सहभागीहरुले पत्रकारको योग्यता, दक्षता वृद्धि गरे पत्रकार आचारसंहिताको पालनामा जोड पुग्ने वताए । सो अवसरमा सूचना विभागका श्री मिठाराम हुमागाइँ, विज्ञ पत्रकार श्री चुनवहादुर गुरुङ लगायतका १७ जना सहभागीहरुले मन्तव्य राखेका थिए ।

Comments :

    Facebook Comment