Sanchargram, Kathmandu info@presscouncilnepal.gov.np

आचारसंहिताको मसौदाउपर विज्ञसंग छलफल                                         

काठमाडौं÷प्र्रेस काउन्सिल नेपालको आयोजनामा मिति ०७२ माघ ८ गते पत्रकार आचारसंहिता पुनरावलोकनसम्वन्धी तयार गरिएको मसौदाउपर छलफल गर्ने क्रममा सरोकारवाला विज्ञ व्यक्तिहरुवीच छलफल भएको छ । प्रशासकीय अदालतका प्रमुख श्री magh8काशीराज दाहाल, अग्रज पत्रकार श्री विनोद ढुङ्गेल लगायतले राष्ट्रिय अन्तरराष्ट्रिय अभ्यासका आधारमा प्रस्तुत गर्नुभएको पत्रकार आचारसंहिता, ०७२ लाई विभिन्न चरणमा भाद्र ९ गतेदेखि छलफलमा ल्याईएको हो ।

काउन्सिलका अध्यक्ष श्री बोर्णवहादुर कार्कीले समयसापेक्ष आचारसंहिता निर्माण गरी पत्रकारहरुलाई जवाफदेही र उत्तरदायी बनाउन, अनलाईन मिडियालाई व्यवस्थित वनाउन, श्रमजीवी पत्रकारहरुको लागि आवश्यक सहयोग एवम् प्रोत्साहन गर्न यसतर्फ काउन्सिल सचेत रहेको धारणा राख्नुहुदै  प्रस्तुत मसौदामाथि अध्ययन गरी यथासक्य सुझाव पेश गर्न विज्ञहरुलाई आग्रह गर्नुभयो ।

सो अवसरमा प्रशासकीय अदालतका प्रमुख दाहालले प्रेस जगत जनताको नाशोको रुपमा चौथो अंग मानिएको र आचारसंहिताका हिसावले स्वतन्त्रताको हक सत्यको खोजी गर्न प्राप्त भएको, आफ्नो अधिकारका लागि अर्कोको अधिकार खोस्न नहुने र अर्कालाई क्षति नपु¥याईकन जवाफदेही भई गल्ती सच्चाउन तत्परता देखाउनुपर्ने धारणा राख्दै आचारसंहिता हनन्को अवस्था हेर्दा कसैले थाह पाई पाई, कसैले थाह नपाएरै र कसैले अटेर गरेर उल्लङ्घन हुने गरेको वताउनुभयो । आचारसंहिताको ट्रेन, यसको संशोधन, महत्व र औचित्यमाथि नेपाल पत्रकार महासंघका अध्यक्ष श्री डा. महेन्द्र विष्टले प्रकाश पार्दै यो डा«फ्टलाई थप छलफल गर्दै अन्तिम रुप दिने तयारी भैरहेको वताउनुभयो ।

प्रेस काउन्सिल नेपालका सदस्य श्री किशोर श्रेष्ठले आचारसंहिता केही होईन भन्ने प्रवृति, काउन्सिलका पूर्व अध्यक्ष, महासंघका पूर्व सभापति संलग्न मिडियाले समेत आचारसंहिता उल्लङ्घन हुनु विडम्वना भन्दै हाम्रै लागि नियमन गर्न र जवाफदेही वन्न वनाईएको दस्तावेजलाई थप समय सान्दर्भिक वनाउनुपर्ने धारणा राख्नुभएको थियो ।

काउन्सिलका   पूर्व सदस्य श्री शम्भु श्रेष्ठ, विज्ञ पत्रकार प्राध्यापक श्री पी खरेल, श्री कुन्दन अर्याल, क्रियाशिल पत्रकार महिलाका श्री शुभेच्छाविन्दु तुलाधर, नेपाल प्रेस इन्सिच्युटका अध्यक्ष श्री तीर्थ कोईराला, मधेश मिडिया हाउसका श्री राजेश अहिराज, क्रान्तिकारी पत्रकार महासंघका श्री कुमार शाह, नेपाल अपाङ्गता मानव अधिकार केन्द्रका श्री जगदिश प्रसाद अधिकारी लगायतको सहभागिता रहेको सो छलफलमा मिडिया मिडियावीचको सम्वन्ध, मिडियामा लगानीकर्ताको पारदर्शीता, मिडियामा खस्कदो नैतिकताको सन्दर्भ र यसलाई व्यवस्थित गर्ने पत्रकार आचारसंहिता आवश्यक रहेको कुरामा सवैको एकमत थियो  ।

मिति ः २०७२ माघ ८ गते

 

Comments :

    Facebook Comment