Sanchargram, Kathmandu info@presscouncilnepal.gov.np

सार्कस्तरीय प्रेस काउन्सिल स्थापनाबारे छलफल

काठमाडौं, कार्तिक २०/ दुई देशका प्रेस काउन्सिलबीच सम्बन्ध बिस्तार गर्ने क्रममा Memorandum of Understanding (MOU) तयार गरी अघि बढ्ने सहमति भएको छ ।

banglaश्रीलंका प्रेस काउन्सिलका सात सदस्यीय टोलीलाई आज काउन्सिल सभाकक्ष सञ्चारग्राममा स्वागत गर्ने क्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष वोर्णबहादुर कार्कीले मिडिया क्षेत्रको विकास गर्ने प्रभावकारी नीति बनाई आपसी सहयोग र समन्वय गर्दै अघि बढ्ने लक्ष्य सहितको MOU मा हस्ताक्षर गर्ने प्रस्ताव श्रीलंका काउन्सिलका अध्यक्ष डब्ल्यु दयारत्ने समक्ष राख्नु भएको हो । सो अवसरमा प्रेस काउन्सिल नेपालका अध्यक्ष कार्कीले पाहुना टोलीलाई मायाको चिनोस्वरुप बुद्ध मुर्ति प्रदान गर्नु भएको थियो ।

MOU मा दुई देशका प्रेस काउन्सिलबीच सूचना, अनुभव, भेटघाट, प्राविधिक सहयोग आदानप्रदान गर्ने, अहिंसा र गुणात्मक पत्रकारिताको विकास गर्ने लगायतका विषयहरु समावेश छन् ।

श्रीलंका प्रेस काउन्सिलका अध्यक्ष दयारत्नेले सो प्रस्तावको स्वागत गर्दै आवश्यक गृहकार्य गरी दुवै देशका काउन्सिलबीच MOU मा छिट्टै हस्ताक्षर गरिने बताउनुभयो । सात सदस्यीय श्रीलंका प्रेस काउन्सिलका अधिकारीहरु आजै स्वदेश फर्किएका छन् ।

Comments :

    Facebook Comment