Sanchargram, Kathmandu info@presscouncilnepal.gov.np

शिलवन्दी वोलपत्र आह्वानको सूचना

मिति ः २०७२।१।२८
यस काउन्सिलको लागि आवश्यक सभाहलको, मञ्च, रोष्ट्रम, मेच हाते कुर्सी साथै हेभी कुर्सी, अफिस टेबुल, सोफा सेट, स्टील बुक केश ¥याक, स्टील दराज, कार्पेट लगायतका सामानहरु खरिद गर्नु परेकोले उक्त सामानहरु सप्लाइ गर्न इच्छुक रजिष्टर्ड, उत्पादक वा फर्महरुबाट गोरखापत्रमा सूचना प्रकाशित भएको मितिले ३० (तीस) दिन भित्र कार्यालय समयमा सचिवालयले तोकेको शर्त सहितको वोलपत्र फाराम रु. १००० (एक हजारमा पछि फिर्ता नहुने)मा खरिद गरि ३१ औं दिनको १२ः०० बजे सम्म आईपुग्ने गरी शिलवन्दी वोलपत्र दिन हुन आह्वान गरिन्छ । वोलपत्र साथ आफुले कवोल गरेको कुल रकमको २.५% (अढाइ प्रतिशत) ले हुने रकम यस सचिवालयको नेपाल राष्ट्र बैंक थापाथलीमा रहेको खाता नं. बै.अ. १२०६१३४००१०००५२४ मा जम्मा गरेको सक्कल भौचर वा बैंक ग्यारेन्टी र वोलपत्रको शर्तमा तोकिए वमोजिमका कागजातहरु संलग्न भई आउनु पर्ने छ । वोलपत्र साथ धरौटी रकम संलग्न भई नआएको र म्याद भित्र तथा रितपूर्वक भै नआएको वोलपत्रमा कारवाही हुने छैन । विस्तृत विवरण प्रेस काउन्सिल सचिवालयकोे सूचना पाटीमा टाँस गरिएको छ ।

सिलबन्दी बोलपत्रसम्बन्धी शर्तहरु

१) प्रेस काउन्सिलबाट विक्री गरिएको बोलपत्र भरी पेश गरेको हुनुपर्छ । विक्री भइसकेको बोलपत्र फिर्ता गरिनेछैन ।

२) केरमेट भई नबुझिने बोलपत्र उपर कारबाही गरिने छैन । दररेट भर्दा अंक र अक्षरमा फरक भएको भेटिएमा अक्षरलाई मान्यता दिइनेछ । सिलबन्दी वा सही छाप नभएको बोलपत्र स्वीकार्य हुनेछैन ।

३) बोलपत्र साथ आफूले कबुल गरेको रकमको २.५ प्रतिशतले हुन आउने रकम ने.रा.बैंक थापाथलीस्थित यस प्रेस काउन्सिलको खाता नं. बै. अ. १२०६१३४००१०००५२४ मा जम्मा गरेको सक्कल भौचर वा प्रेस काउन्सिल नेपालको नाममा जारी भएको बैंक ग्यारेन्टी पेश गर्नुपर्नेछ ।

४) नगद जमानत राखेकोमा पछि बै.क ग्यारेन्टीमा परिवर्तन गर्न पाइने छैन ।

५) बोलपत्र फाराम पेश गर्दा नाम, ठेगाना, फो नं. सिलबन्दी खाममा अनिवार्य रुपमा उल्लेख गर्नुपर्नेछ ।

६) बोलपत्र फाराम पेश गर्दा संस्थादर्ता प्रमाणपत्र, मुल्य अभिबृद्धि कर दर्ता प्रमाण पत्र र ०७०÷०७१ सम्मको कर चुक्ता प्रमाण पत्र पेश गर्नुपर्नेछ ।

७) दररेट उल्लेख गर्दा मुल्य अभिबृद्धि कर बाहेकको रकम उल्लेख गर्नुपर्नेछ ।

८) रितपूर्वक पेश नभएको शर्तसहित पेश भएको वा म्यादभित्र दाखिला नभएको बोलपत्र स्वतः अस्वीकृत भएको मानिनेछ ।

९) बोलपत्र आंशिक वा पूर्ण रुपमा स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार काउन्सिलमा सुरक्षित रहनेछ ।

१०) बोलपत्रको सूचना प्रकाशित भएको मितिले ३० दिन भित्र खरिद गरी ३१ औं दिन दिनको १२ बजेभित्र यस कार्यालयमा पेश गर्नुपर्नेछ । म्यादभित्र पर्न आएका बोलपत्रहरु सोही दिन दिनको २ः०० बजे उपस्थित बोलपत्रदाता वा कम्पनीका प्रतिनिधिहरुको रोहबरमा यस काउन्सिलमा खोलिनेछ । सो दिन विदा परेमा सो को भोलिपल्ट त्यही समयमा खोलिनेछ ।

११) बोलपत्रदाता वा निजको प्रतिनिधि अनुपस्थित भए पनि बोलपत्र खोल्न कुनै बाधा हुनेछैन ।

१२) सामान आपूर्ति गर्नुभन्दा पहिले त्यसको नमुनाको काउन्सिलका प्रतिनिधि वा तोकिएको सो सम्बन्धी विशेषज्ञबाट निरिक्षण गराउनु पर्नेछ ।

१३) बोलपत्र स्वीकृत भइसकेपछि कबुल गरेको रकमको ५ प्रतिशतले हुने रकमको परफरमेन्स बन्ड वा प्रेस काउन्सिल नेपालको ने.रा. बैंकमा रहेको खाता नं. बै. अ. १२०६१३४००१०००५२४ मा नगद जमानत दाखिला गर्नुपर्नेछ । १४) माथि नपरेका शर्तका सम्बन्धमा प्रचलित कानुन बमोजिम हुनेछ ।

१५) अन्य थप केही विवरणहरु बुझ्नु परेमा प्रेस काउन्सिल सचिवालयको फोन नं. ११२६७८, ४११२७९९ मा सम्पर्क गरी जानकारी लिन सकिनेछ ।

Comments :

    Facebook Comment