Sanchargram, Kathmandu info@presscouncilnepal.gov.np

पत्रकार आचारसंहिता अनुगमनसम्बन्धी आधारभूत तालिम सम्पन

काउन्सिल सचिवालयद्वारा आज यहाँ आयोजित तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष श्री बोर्णबहादुर कार्कीले कार्यालयले आयोजना गर्ने कार्यक्रम बहिस्कार गर्ने छूट कुनै कर्मचारीलाई नहुने बताउनुभयो ।

जुनसुकै फाँटको सैनिक सदस्यले आtrainingधारभूत सैनिक तालिम लिएजस्तै काउन्सिलका सबै कर्मचारीले न्यूनतमरूपमा पत्रकार आचारसंहितासम्बन्धी तालिम लिनैपर्छ भन्दै उहाँले अबउप्रान्त सबै कर्मचारीलाई कार्यालयका कार्यक्रममा अनिवार्यरूपमा उपस्थित हुन निर्देशन समेत दिनुभयो ।
काउन्सिलका उपप्रशासकीय अधिकृत एवम् तालिम सहसंयोजक श्री दीपक खनालको सञ्चालन र वरिष्ठ अनुगमन सहायक श्री वसन्तप्रसाद दाहालको अनुभूतिजन्य मन्तव्यसँगै सुरु भएको यस कार्यक्रममा काउन्सिल सदस्य एवम् तालिम संयोजक श्री मनऋषि धितालले आधारभूत तालिमबाट पूर्वयोजना सम्पन्न, विषयवस्तुभित्र प्रवेश, विज्ञसँग अन्तक्र्रिया, पुनर्ताजगी, आलोचनात्मक÷समालोचनात्मक÷आत्मालोचनात्मक क्षमतामा अभिवृद्धि र नयाँ योजना निर्माणमा मार्गप्रशस्त गरी मुख्यतः ६ वटा उपलव्धि हासिल भएको विश्लेषण गर्नुभयो ।
काउन्सिल सदस्य श्री सुदर्शन आचार्यले काउन्सिलका कर्मचारी आचारसंहिता अनुगमन गर्न पत्रकारभन्दा बढी विज्ञ हुन जरुरी रहेकाले यस्ता तालिम सकेसम्म नछुटाउन सुझाव दिनुभयो ।
मुख्य अधिकृत श्री झविन्द्र भुसालले तालिमबाट निकै ज्ञान हासिल भएको र यसलाई व्यवहारमा उतार्ने कार्य प्रारम्भ भइसकेको प्रस्ट पार्नुभयो । पत्रकार आचारसंहिता अनुगमनलाई प्रभावकारी बनाउने उद्देश्य लिई काउन्सिल  सचिवालयद्धारा आर्थिक वर्ष २०७१÷०७२ मा आयोजित यस ऐतिहासिक तालिममा ५ दिनसम्म हाजीर हुने कर्मचारीलाई अध्यक्ष श्री कार्कीले तालिम प्रमाणपत्र प्रदान गर्नुभएको थियो । तालिममा २० जना कर्मचारी सहभागी थिए ।
प्रशिक्षण कक्षा २०७१ साल कात्तिक १४ गते पहिलो दिन उद्घाटन–सत्रसँगै सुरु भएको थियो । काउन्सिलका मुख्य अधिकृत श्री भुसालले सञ्चालन गर्नुभएको उद्घाटन–सत्रमा काउन्सिल अध्यक्ष श्री कार्कीले काउन्सिलभित्र नै छापामाध्यम र विद्यूतीयमाध्यमको पत्रकार आचारसंहिताको अनुगमनका विज्ञ तयार पार्ने दीर्घकालीन लक्ष्य राखी आधारभूत तालिम आयोजना गरिएको बताउनुभएको थियो ।
काउन्सिल सदस्य एवम् तालिम संयोजक श्री धिताल र काउन्सिल सदस्य श्री आचार्यले आधारभूतपछि ‘एड्भान्स’ तालिम दिएर काउन्सिल सचिवालयभित्रैबाट मिडिया अनुगमनका विज्ञ तयार पार्ने योजना निकै सह्रानीय र दूरदर्शी कदम रहेको टिप्पणी गर्नुभएको थियो ।
उद्घाटन–सत्रसँगै २०७१÷०७÷१४ गतेकै दिन प्रारम्भ गरिएको यस तालिमका क्रममा विभिन्न विषयमा नौ वटा कक्षा सञ्चालन भएका थिए । ८ जना प्रशिक्षकले काउन्सिलमा कार्यरत २० जना कर्मचारीलाई प्रशिक्षण दिनुभएको थियो । पहिलो दिन, नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष श्री सुरेश आचार्यले छापामाध्यमकोे आचारसंहिता अनुगमन, त्यसपछि क्रमशः महासङ्घका पूर्वअध्यक्ष श्री शिव गाउँलेले पत्रकार आचारसंहिता र प्रेस काउन्सिल व्यवस्थापन, कान्तिपुर टिभीका समाचार सम्पादक श्री भुवन केसीले पत्रकार आचारसंहिता र अभ्यासमा समस्या, महासङ्घका अध्यक्ष डा.श्री महेन्द्र विष्टले पत्रकार आचारसंहिता पालनाको राष्ट्रिय÷अन्तर्राष्ट्रिय सन्दर्भ, अनलाइन खबर डट कमका सम्पादक श्री अरुण बरालले अनलाइन मिडियामा पत्रकार आचारसंहिता पालनाको अवस्था, रेडियो कृष्णसार एफएमका कार्यकारी प्रमुख श्री तुला अधिकारीले नेपालका विद्युतीय सञ्चारमाध्यममा आचारसंहिता, पहिलो पोस्ट डट कमका सहसम्पादक एवम् रत्नराज्य लक्ष्मी क्याम्पस पत्रकारिता तथा आमसञ्चार विषयका उपप्राध्यापक श्री ऋषिकेश दाहालले अनलाइन मिडियामा पत्रकार आचारसंहिता पालनाका साथै मिडियाका विविध पक्ष र गोरखापत्र दैनिकका पूर्वप्रबन्ध–सम्पादक श्री लक्ष्मीधर गुरागाईँले विज्ञापन र समाचारमा आचारसंहिता अनुगमनका सम्बन्धमा केन्द्रित रहेर प्रशिक्षण दिनुभएको थियो ।

काठमाडौँ, ११ असार । प्रेस काउन्सिल नेपाल सचिवालयद्वारा आयोजित पत्रकार आचारसंहिता अनुगमनसम्बन्धी आधारभूत तालिम आज एक कार्यक्रमबीच समापन गरिएको छ ।

Comments :

    Facebook Comment