संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np

तपाईँलाई आवश्यक पर्नसक्ने :

अराजकतालाई मलजल गर्ने कुनै पनि मिडिया कारवाहीमा : अध्यक्ष बस्नेत

काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले अराजकतालाई मलजल गर्ने कुनै पनि मिडियालाई कारवाहीको दायरा ल्याउने दृढता राख्नुभएको छ ।
सामाजिक सद्भाव बिथोल्ने, जातीय विद्वेश फैलाउने गरी जानीजानी गलत सूचना सम्प्रेषण गर्ने केही मिडियालाई कानुनी कारवाही गरिएको उल्लेख गर्दै अध्यक्ष बस्नेतले भन्नुभयो, ‘समाजमा अन्योल सृजना गरी प्रणालीमाथि धावा बोल्ने काम कहीँ कतैबाट भइरहेको हुन सक्छ । त्यस्ता गलत पात्र र प्रवृत्तिबाट मिडिया हमेशा जोगिनुपर्छ । काउन्सिलले केही मिडियालाई कारवाही गरिसकेको छ । बाँकी पनि छानवीन र कारवाहीको दायरामा आउनेछन् । ’
नयाँ खुलेका अनलाइन सञ्चारमाध्यमका सम्पादक, सञ्चालकहरूलाई मंगलबार काउन्सिलमा राखिएको अभिमुखिकरण कक्षामा बोल्दै उहाँले पत्रकार आचारसंहिता उल्लङ्घन गर्नु प्रेस स्वतन्त्रताको दुरुपयोग हुने भएकाले जिम्मेवारीपूर्ण ढंगले पत्रकारिता गर्न सबैलाई आग्रह गर्नुभयो ।
‘केही मिडियाबाट एकपक्षीय भनाइ, पूर्वाग्रही अभिव्यक्ति, तथ्यहीन आरोप सुनियोजित ढङ्गले आइरहेका छन् । समाज बिथोल्न सकिन्छ कि भनेर त्यसरी आइरहेका सामग्रीप्रति काउन्सिल सचेत छ र आवश्यक कानुनी कारवाही भइरहेको छ’, अध्यक्ष बस्नेतले भन्नुभयो ।
प्रेस काउन्सिलले २ साता अघि मात्रै पत्रकारिताको आवरणमा गलत काम गर्ने ४३ वटा युट्युब माध्यमलाई कानुनी कारवाहीका लागि नेपाल प्रहरीको साइबरव्यूरो पठाएको थियो । केही सञ्चारमाध्यमलाई कालोसूचीमा राखी थप कारवाही बढाइरहेको छ ।
अध्यक्ष बस्नेतले डिजिटल दुनियाँमा अहिले फस्टाइरहेका अनलाइन र युट्युब सञ्चार माध्यमहरू कुनै स्वार्थ समूहबाट प्रयोग हुनबाट हमेशा ख्याल गर्नुपर्नेमा विशेष जोड दिनुभयो ।
‘पत्रकारिताका आफ्नै मूल्य, मान्यता र सिद्धान्त छन् । विश्वव्यापी मान्यता बोकेका आचारसंहिता छन् । तिनलाई कुल्चेर मनलाग्दी सुचना सम्प्रेषण गर्नु पत्रकारिता क्षेत्रको बद्नामी मात्र होइन समाज भड्काउनु समेत हो’, बस्नेतले भन्नुभयो ।
विवादरहित र सही पत्रकारिताले विकास निर्माण र समृद्धि ल्याउन ठुलो भूमिका ल्याउने हुँदा त्यसतर्फ सबैले ध्यान पु¥याउन उहाँको सुझाव थियो ।
पत्रकार अभिमुखिकरण कक्षामा विषयगत विज्ञका रूपमा गोरखापत्र संस्थानका डिजिटल प्रमुख नारदमुनि गौतमले पत्रकार आचारसंहिता र सूचना विभागका निर्देशक भरत गौतमले विभिन्न सञ्चार निर्देशिका र पत्रकारका जिम्मेवारीबारे सहजीकरण गर्नुभएको थियो ।
यसैबीच, काउन्सिलमा पत्रकारद्वय केशवशरण लामिछाने र विजयराज अधिकारी बोर्ड सदस्य नियुक्त हुनुभएको छ । दुवै सदस्यले मंगलबार काउन्सिलमा आयोजित एक कार्यक्रममा अध्यक्ष बस्नेतबाट शपथ लिई कामको सुरुवात गर्नुभएको छ ।

प्रतिक्रिया :

slot 4d

toto slot

https://fia.ub.ac.id/katalog/

toto

slot gacor

https://febi.uinsaid.ac.id/

toto slot

slot gacor

bacan4d

slot gacor anti kalah

slot gacor anti kalah

4d slot

slot gacor anti kalah

slot gacor anti kalah

slot 4d togel

bacan4d

bacan4d

bacan4d slot

slot gacor anti kalah

bacan4d

bacansport

slot gacor anti kalah