संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

८० घण्टे ‘भर्चुअल’ आधारभूत पत्रकारिता तालिम सुरु

काठमाडौँ ।

प्रेस काउन्सिल नेपालको आयोजनामा ८० घण्टे ‘भर्चुअल’ आधारभूत पत्रकारिता तालिम आजबाट सुरु भएको छ । प्रेस काउन्सिल नेपाल (मिडिया विकास कोष) र नेपाल प्रेस इन्स्टिच्युटको सहकार्यमा सुरु भएको तालिम २ महिनासम्म चल्नेछ ।

पहिलो दिन उद्घाटन सत्रमा ४० जना सहभागीहरुले सहभागिता जनाएका हुन् । तालिमको उद्घाटन गर्दै काउन्सिलका कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकीले स्वच्छ, स्वतन्त्र र मर्यादित पत्रकारिताको विकासका लागि काउन्सिल सदैव क्रियाशील रहेको बताउनुभयो ।

काउन्सिलका प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र भुसालले कर्णालीका उच्च हिमाली जिल्लाका पत्रकारलाई क्षमता विकासको निम्ति पहिलो प्राथमिकता दिएर मिडिया विकास कोषबाट कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । उहाँले अघिल्ला वर्षदेखि नै त्यसक्षेत्रका पत्रकारले अनुरोध गर्दै आएको स्मरण गर्दै सहजीकरणका लागि सघाउने नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य पूर्णप्रसाद चौलागाईंलाई धन्यवाद दिनुभयो ।

नेपाल प्रेस इन्स्टिच्युटका कार्यकारी निर्देशक लक्ष्मण उप्रेतीले भौगोलिक रूपमा विकट क्षेत्रको पत्रकारिताको विकासका लागि तालिम आयोजना गरिएको प्रष्ट पार्दै आगामी दिनमा आवश्यकता अनुसार कार्यक्रम गरिने बताउनुभयो । कार्यक्रममा काउन्सिलका वरिष्ठ प्रकाशकीय अधिकृत (प्रवक्ता) दीपक खनाल, उपप्रशासकीय अधिकृत (सूचना अधिकारी) रामशरण बोहरा, उपप्रशासकीय अधिकृत राधेश्याम अधिकारी लगायत कर्मचारीहरुले आफ्ना भनाइ राख्नुभएको थियो ।

तालिम कार्यक्रमको संयोजन नेपाल प्रेस इन्स्टिच्युटका तालिम संयोजक कपिल काफ्लेले गर्नुभएको छ ।

गुगल मिट एप्लिकेसनमार्फत सुरु भएको यस तालिममा विशेषगरी कर्णाली क्षेत्रका सक्रिय पत्रकारको सहभागिता छ । सहभागिताका लागि देशैभरका ८० जना पत्रकारले आवेदन दिएका छन् ।

 

प्रतिक्रिया :