Sanchargram, Kathmandu info@presscouncilnepal.gov.np

आ.ब. २०७१/०७२ को पत्रपत्रिका वर्गीकरणको लागि वितरण सम्परीक्षण आबेदन फाराम भर्ने सूचना

प्रथमपटक प्रकाशित मिति २०७२।५।१०

प्रेस काउन्सिल ऐन, २०४८ को दफा ११ तथा परिमार्जित पत्रपत्रिका वितरण सम्परीक्षणको मापदण्ड २०६६ (आ.ब. २०६९/७० देखि लागु हुने) को अनुसूची-१-८ बमोजिम तथा छापाखाना र प्रकाशन सम्बन्धी नियमावली, २०४९ को दफा ३ बमोजिम प्रकाशनको स्थायी प्रमाण पत्र लिएका पत्रपत्रिकाका प्रकाशकले आ.ब. २०७१/०७२ को पत्रपत्रिका वर्गीकरण प्रकृयामा समाबेश गराउन चाहेमा आ-आफ्नो प्रकाशनको बिक्री बितरण सम्बन्धी बिबरण भरी पत्रिका मूल्यांकन एवं वर्गीकरण प्रयोजनका लागि समितिबाट तोकिएको ढाँचामा देहायअनुसारको शर्त पुरा गरी फाराम भरी यस काउन्सिलमा दर्ता गराउनु हुन यो सूचना प्रकाशित गरिएको छ।

क) आफ्नो पत्रिकालाई बर्गीकरण मूल्यांकन प्रक्रियामा समाबेश गराउन चाहने प्रकाशकले २०७१ साउनदेखि २०७२ असार मसान्तसम्म छापाखाना र प्रकाशनसम्बन्धी नियमावली, २०४९ को नियम ७ (२) अनुसार (दैनिक समाचारपत्र ३०० अंक, अर्ध-साप्ताहिक समाचारपत्र ८० अंक, साप्ताहिक समाचारपत्र ४० अंक, पाक्षिक समाचारपत्र २० अंक, मासिक पत्रिका १० अंक र द्धैमासिक एवं त्रैमासिक पत्रिका ४ अंक, न्यूनतम) प्रकाशित भएको र सञ्चारकेन्द्रमा नियमित बुझाएको अभिलेख संलग्न गरी प्रेस काउन्सिलमा समेत अभिलेख दर्ता गराएको प्रमाणित अंकतालिका समेत समाबेश गरि पेश गर्नुपर्नेछ ।

ख) प्रेस काउन्सिल नेपालको अभिलेखमा नियमित नभएका प्रकाशनहरुलाई वर्गीकरण मूल्यांकन प्रक्रियामा समाबेश गरिने छैन । आफ्नो प्रकाशन अभिलेख नियमित गराउने दायित्व सम्बन्धित प्रकाशकको हुनेछ ।

ग) वर्गीकरण प्रक्रियामा समाबेश हुन चाहने प्रकाशनले आबेदन फाराम साथ राष्ट्रिय तहका लागि रु ३,५५०/- (तीन हजार पाँच सय पचास), क्षेत्रीय तहको लागि रु २,५५०/- (दुई हजार पाँच सय पचास मात्र) र स्थानीय तहको लागि रु २,०५०/- (दुई हजार पचास) दस्तुर सहित वर्गीकरण फारामसाथ आबेदन बुझाउनुपर्नेछ । त्यस्तो पत्रिका वर्गीकरण भईसकेपछि प्रमाणपत्र लिंदा कुनै शुल्क लाग्नेछैन । आबेदन दस्तुर नगद वा राष्ट्रिय बाणिज्य बैक सिंहदरबार शाखामा रहेको यस काउन्सिलको बचत खाता नं. ३५६५७ मा पनि जम्मा गरी पठाउन सकिनेछ ।

घ) पत्रिका वर्गीकरणको आबेदन फाराम बुझाउने म्याद यो सूचना प्रकाशन भएको मितिदेखि २०७२ कार्तिक १५ गतेसम्म रहेको छ । उक्त म्याद समाप्त भएपछि थप ७ दिनसम्म माथि उल्लिखित दस्तुरको १०० प्रतिशत, त्यसपछिको थप ७ दिनभित्र २०० प्रतिशत, त्यसपछि अर्को ७ दिनभित्र ३०० प्रतिशत, त्यसपछिको अर्को ७ दिनभित्र ४०० प्रतिशत र त्यसपछि पनि अर्को ७ दिनभित्र ५०० प्रतिशत थप दस्तुरसहित काउन्सिलमा आबेदन दर्ता गराउन सकिनेछ ।

ङ) तोकिएको म्याद नाघेर प्राप्त हुन आएको आवेदन फारामलाई वर्गीकरणमा समाबेश गरिने छैन ।
च) परिमार्जित पत्रपत्रिका वितरण सम्परीक्षणको मापदण्ड २०६६ (आ.ब. २०६९/७० देखि लागु हुने) अनुसार महिला, दलित, अपांग, दुर्गम क्षेत्र तथा भाषागत सुबिधा पाउनका लागि मापदण्डमा तोकिए अनुसारका प्रमाणहरु फारामसाथ समाबेश गर्नुपर्नेछ ।

छ) राष्ट्रिय, क्षेत्रीय र स्थानीय तहको बिभिन्न वर्गमा वर्गीकृत हुन आबश्यक आधारहरु (जस्तै:- तोकिएको जिल्ला, गा.बि.स र सो अन्तर्गतका बिभिन्न बिक्रीकेन्द्रहरुको स्पष्ट नाम, ठेगाना, सम्पर्क नम्बर) नखुलाउने आबेदन फारामलाई वर्गीकरणमा समाबेश गर्न समिति बाध्य हुने छैन । साथै, यस्ता बिक्री केन्द्रहरुबाट बिक्री बितरण भएको प्रमाण पेश गर्नुपर्नेछ । त्यस्तो विश्वसनीय प्रमाण पेश गर्ने जिम्मा स्वयं प्रकाशकको हुनेछ ।

ज) श्रमजीवी पत्रकार ऐन कार्यान्वयन भएको प्रमाण स्वरुप पत्रकार एवं अन्य कर्मचारीको तलब खुल्ने नियुक्तिपत्र, तलब भुक्तान गर्दा कट्टी गरिएको १% सामाजिक सुरक्षा कर दाखिलाको भौचर, कागज खरिदको बिल एबं छपाई बापत प्रेसलाई भुक्तानी गरेको बिल (कर प्रयोजनको भ्याट/प्यान बील अनिबार्य आदि) र उक्त आ.ब. मा कर चुक्ता गरेको प्रमाणसमेत आबेदन साथ अनिबार्य रुपमा संलग्न गरेको हुनु पर्नेछ ।

झ) फारामको अनुसूची २ र ३ मा जिल्ला / गा.बि.स / न.पा. हरुको साथै त्यहाँ रहेका पत्रपत्रिका बिक्री केन्द्रहरुको नाम, ठेगाना र फोन नम्बर साथै पत्रिका बिक्री संख्या अनिबार्य खुलाउनु पर्नेछ । अन्यथा वर्गीकरण प्रभाबित हुनेछ ।
ञ) पत्रपत्रिका प्रचलित कानुनले तोकेको साईज र पृष्ठ संख्यामा प्रकाशित भएको हुनुपर्नेछ ।

ट) पत्रिका मूल्यांकनका लागि पत्रिका प्रकाशकहरुले मूल्यांकन गर्ने आर्थिक बर्षको १ सेट पत्रिका अनिबार्य रुपमा आबेदनसंगै बितरण संपरीक्षण शाखामा उपलब्ध गराइदिनुहुन समेत सूचित गरिन्छ ।

ठ) आ.ब. २०७१/०७२ मा नियमित प्रकाशित पत्रपत्रिकाको वर्गीकरण गर्दा परिमार्जित पत्रपत्रिका बितरण सम्परीक्षणको मापदण्ड २०६६ (आ.ब. २०६९/०७० देखि लागु हुने) बमोजिम मूल्यांकन गरिने हुँदा मापदण्ड तथा अनुसूचीहरुको अध्ययन गरी वर्गीकरण फारम भर्न सम्बन्धित प्रकाशकलाई अनुरोध गरिएको छ । साथै, उक्त मापदण्डका सन्दर्भमा केही बुझ्नु परेमा प्रेस काउन्सिल नेपालको सचिवालयमा सम्पर्क राख्न समेत अनुरोध गरिन्छ ।

(नोट: बितरण सम्परीक्षण फाराम र परिमार्जित पत्रपत्रिका बर्गीकरण मापदण्ड यस काउन्सिलको वेबसाईट www.presscouncilnepal.gov.np बाट download गर्न सकिनेछ । आबेदन फाराम पूर्णरुपमा रीतपूर्वक भरी पेश गर्नुहुन अनुरोध छ । रीतपूर्वक नभरी पेश भई आएको फारामलाई रद्द गरिनेछ ।

Comments :

    Facebook Comment